प्रचण्डको सिधा प्रश्न विजेपीका भरतसिंहलाई

फागुन २० । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलाई भारतले नेपाललाई किन नाकाबन्दी लगाएको भनेर प्रश्न गर्नुभएको छ । कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै खुल्लामञ्चबाटै भारतले नेपाललाई नाकाबन्दी गर्नुपर्ने कुनै कारण नभएको भन्दै प्रश्न गर्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपालका जनताले आफ्नो अधिकार प्रयोग गरेर संविधान जारी गर्दा अरूको टाउको दुख्न नहुने बताउनुभयो । त्यस्तै उहाँले आफू र गिरिजाप्रसाद कोइरालाको प्रयासबाट मुलुकमा अहिलेको परिवर्तन सम्भव भएको दाबी गर्दै अब नेPrachandaपाली कांग्रेसले कस्तो नीति अलवम्बन गर्छ भन्ने आफूले चासोका साथ हेरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया