६३ जनाबाट उम्मेद्वारी फिर्ता

फागुन २२ । जारी नेपाली कांग्रेसको १३ औं महाधिवेसनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लागि ३ सय ७५ जनाको उम्मेदवारी परेको थियो । सभापति र महामन्त्रीका लागि तीन(तीन र कोषाध्यक्षका लागि चार जनाको उम्मेदवारी परेका छ । अब ६१ केन्द्रीय सदस्यका लागि ३ सय २ जनाबीच प्रतिस्पर्धा हुनेछ । पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् ।

तपाईको प्रतिक्रिया