धरान, फागुन २३ । बुढासुब्बा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा मनाङले विभागीय टोली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै उपाधि हात पारेको हो । जितसँगै बुढासुब्बा गोल्डकपको उपाधिमा मनाङले बिराट गोल्डकपमा व्यहोरेको हारको बदला समेत लिएको छ ।
धरानस्थित एन्फा टेक्लिकल सेन्टरमा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि ६७ औं मिनेटमा ओलावलले विजयी गोल गरेका थिए । मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलकिपर, पुलिसका सुरज बीके डिफेण्डर, मनाङका हेमन गुरुङ मिडफिल्डर, अनिल गुरुङ उत्कृष्ट फवार्ड र मनाङकै छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।