निर्वाचन आयोगद्धारा १५ दल खारेज

काठमाडौं– फागुन,२६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ वटा राजनीतिक दललाई दल नै नरहने गरी खारेज गरिएको छ । काठमाडौं–फागुन २६ । निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण नबुझाउने १५ पार्टीलाई खारेज गरेको छ । निर्वाचन आयोगले आर्थिक विवरण बुझाउन पटक–पटक ताकेता गर्दापनि नबुझाएपछि १५ वटा राजनीतिक दललाई दल नै नरहने गरी खारेज गरिएको छ । निर्वाचन आयोगले तीन बर्षसम्म पटक–पटक ताकेता गर्दै म्याद थपिदिदा समेत आर्थिक विवरण नबुझाएपछि राजनीतिक दल सम्बन्धी ऐन २०५८ अनुसार ति दललाई खारेज गरिएको हो । निर्वाचन आयोगले समाजवादी जनता पार्टी, जनता दल युनाइटेड, जनता पार्टी नेपाल, नेपाली जनता पार्टी, नेपाल जनभावना पार्टी, सशक्ति पार्टी, नेपाल राष्ट्रिय लोकतान्त्रिक दल, नेपाल राष्ट्रिय जनकल्याण पार्टीलाई खारेज गरेको हो । त्यसैगरी आयोगले जनमुक्ति पार्टी नेपाल, शिव सेना, लिवरल समाजवादी पार्टी, नेपाल साम्यवादी दल, नव नेपाल प्रजातान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक पार्टी र समाजवादी पार्टीलाई पनि खारेज गरेको छ । निर्वाचन आयोगले खारेज भएका राजनीतिक दलका पार्टीहरूको चुनाव चिन्ह र झण्डा अन्य कुनैपनि राजनीतिक दलले प्रयोग गर्न नपाउने गरी फ्रिजमा राखदिएको छ । निर्वाचन आयोगका अनुसार खारेजीमा परेका दलहरूले अब पुन नयाँ पार्टीको रूपमा निर्वाचन कार्यालयमा दर्ता हुनुपर्ने छ । तर खारेजीमा परेका केही राजनीतिक दलका नेताहरूले भने सरकारले गैर कानुनी रूपमा राजनीतिक दल खारेज गरेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया