राजेशले हल्लाए यूकेको रिडिङ !

काठमाडौं । केही समयदेखि सांगीतिक भ्रमणका क्रममा विदेशमा रहेका ‘राई इज किङ’ अर्थात राजेश पायल राइले साइप्रस, मलेशिया, हङ्गकङ्गका विभिन्न शहरहरुमा सफल र लोकप्रिय प्रस्तुrajesh le hallaye ukति दिईसकेका छन् । सांगीतिक भ्रमणकै क्रममा पछिल्लो समयमा युके पुगेका लोकप्रिय गायक राजेशले त्यहाँ पनि विभिन्न कार्यक्रमहरुमा प्रस्तुति दिन भ्याएका छन् । यस्तै क्रममा उनले बेलायतकोे सांगीतिक भ्रमणलाई रिडिङमा भव्य तथा सभ्य प्रस्तुति दिएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरेका छन् ।  रिडिङमा पनि उनको थामिन सक्नु क्रेज भएको कार्यक्रममा राईसंग सेल्फी र फोटो खिच्ने प्रशंसकहरुको ठूलो भिडले झल्काएको थियो । कार्यक्रममा राईले दुई दर्जन नयाँ पुराना गीतले करीब ३ घण्टा सांगीतिक माहोल तताए । कार्यक्रममा राईले नाई नभन्नु ल २, नाई नभन्नु ल ४, राम प्यारी, फूलैफूलको मौसम तिमीलाई, घुम्न जाउं धरान, बसमा छैन यो मन, दर्शन नमस्ते, नमाग मसंग सहारा नमाग, सारा सारा माया, चौबन्दी चोलीलगायत चर्चित गीत प्रस्तुत गरी दर्शकहरुको पसिना छुटाएका थिए । आयोजकद्वय बीसी राई र गंगा राई तथा उपसंयोजक एलबी सुब्बाले कार्यक्रम रिडिङमा अहिलेसम्म कै भव्य र सभ्य भएको बताए । युकेमा भएका ३ वटै कार्यक्रम सफल भएको आयोजकमध्ये एक एलबी सुब्बाले जानकारी दिए । सांगीतिक भ्रमणकै क्रममा राजेशको यात्रा अब हङ्गकङ्गको रहनेछ ।

तपाईको प्रतिक्रिया