ब्रेथलाइजर नहुँदा सर्वसाधारणलाई हैरानी

काठमाडौं–चैत २ । हिजोआज ट्राफिक प्रहरी पनि अस्पतालका श्वास–प्रश्वाससम्बन्धी रोग जाँच गर्ने डाक्टर जस्तै बनेका छन् । यदि तपार्इँ बाटोमा सवारी साधन चलाएर साँझपछि यात्रा गर्नुहुन्छ भने मापसे चेकिङमा पर्नु भएकै होला । अनि तपार्इँले त्यो पनि याद गरेको हुनपर्छ, ट्राफिक प्रहरीले मापसे चेकिङ कसरी गर्छन् । हो ट्राफिक प्रहरीले मापसे चेकिङ गर्दा पान, पराग खाएको आफ्ना मुख नजिकै ल्याएर हस्पिटलको डाक्टरले भने जसरी लामो सास फेर्नुहोस् भन्छन्, त्यो पनि एक ठाउँमा होइन, ठाउँ ठाउँमा । सबैले मानेकै कुरा हो मापसे चेकिङले राजधानीमा दुर्घटनाको जोखिमलाई धरै हदसम्म कम गरेको छ । यसको जो कोहीले खुलेर प्रशंसा गर्नै पर्छ । तर कुरा के भने यदि तपार्इँ सवारी साधनको चालक हुनुहुन्छ अब भने होशियार रहनुपर्ने अवस्था छ । सवारी चलाbreathउँदा तपार्इँले ट्राफिकले दिएको दु:ख मात्र पाउनुहुने छैन, रोगको शिकार पनि हुन सक्नुहुन्छ । लामो सास बाहिर फाल्नुहोस् भन्दै ट्राफिक प्रहरीले पहिले आफ्नो सास तपाईँतिर फाल्छन् । अझ कतिपय ट्राफिकले त मुखै गन्हाउने गरी पान पराग खाएका हुन्छन् । एकातिर पान परागको सहनै नसकिने दुर्गन्ध त अर्कोतिर उनीहरुले फालेको सासले रोग सर्न सक्ने सम्भावना बढी छ । सर्वसाधरणले फालेको सासमा रोगका किटाणु रहेछन् भने ट्राफिक प्रहरी आफै पनि रोगको शिकार हुन सक्छन् । मापसे चेकिङका नाममा भइरहेको यस्तो बढ्दो लापरवाही सर्वसाधरण र ट्राफिक दुवैमा रोग फैलिन सक्ने जोखिम बढेको छ । चिकित्सिकका अनुसार यसरी प्रत्यक्ष श्वास–प्रश्वास आदान प्रदान गर्दा रुघाखोकी, ज्वरो लगायतका सरुवा रोग सजिलै फैलिन सक्छन् । मापसे चेकिङमा ब्रेथलाइजरको प्रयोग हुनुपर्ने हो तर सर्वसाधरणले ट्राफिकका हातमा ब्रेथलाइजर वर्षमा १/२ पटक पनि देख्न पाउँदैनन् । मापसे चेकिङका लागि भन्दै महँगो मूल्य तिरेर खरिद गरिएका ब्रथेलाइजर कहाँ गए अत्तोपत्तो छैन । तर महानगरीय ट्राफिक प्रहरी प्रमुख केशव अधिकारी भने सबै ठाउँमा आवश्कताअनुसार ब्रेथलाइजरको प्रयोग भइरहेको दाबी गर्नुहुन्छ । तर सडकमा बस्ने ट्राफिकले ब्रेथलाइजरविना नै मापसे चेकिङ गर्ने गरेका कुरा सबैलाई थाहा भएकै कुरा हो । बानेश्वरबाट कीर्तिपुर जाने एक बाइक चालक राति आठ बजे पछि कम्तिमा ४/५ ठाउँमा चेकिङमा पर्न सक्छ । यसले गर्दा पनि मापसे चेकिङले सर्वसाधरणलाई सुविधाभन्दा सास्ती दिएको छ ।

तपाईको प्रतिक्रिया