लोपोन्मुख अवस्थामा ढुङ्गे धारा

काठमाडौं–चैत, ३ । उचाईमा प्रसस्तै पोखरी र खाल्डोमा ढुंगेधारा बनाएर मल्लकालदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरणको व्यवस्था मिलाइएको बताइन्छ । तर संरक्षण अभावमा धेरै ढुंगेधारा पानीबिहिन भएका छन् । दिनप्रतिदिन नासिदै गएका ढुंगेधारासंगै तिनले बचाएका कलात्मक पहिचान पनि मेटिने खतरा बढेको छ । पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका काठमाडौंका उपत्यकाका ढुंगेdhunge dharaधारा नासिने खतरामा छन । काठमाडौं र ललितपुरका ठूला ढुंगेधारा सुन्धारा लगायतसहितका अधिकाशं धारामा अहिले पानी आउदैन । धारामा पानी त आउदैन नै संरक्षणमा समेत कसैले चासो दिएको छैन । ढुंगे धाराको अस्थित्व खतरामा पर्नुमा अव्यवस्थित सहरीकरण, खुल्ला जमिनको अतिक्रमण र बदलिँदो मानविय चाहनालाई कारक देख्छन,उपत्यकाबासी । बेवास्ता र प्रयोगमा नआउदा थुप्रै ढुंगेधारा त लोप भइसकेका छन् । सहरी खानेपानी र सरसफाइसम्बन्धि काम गर्ने एक गैरसरकारी संस्थाले ५ बर्ष अघि गरेको सर्वेक्षणले १० वर्षमा ६६ ढुंगेधारा प्रयोगमा नआएको र ४२ वटाको अस्थित्व लोप भएको देखाएको थियो । तर अहिले लोप हुने ढुंगेधाराको संख्या बढ्दो छ । उपत्यकामा रहेका ३ सय ८१ वटा ढुंगेधारामध्ये अधिकांश धारा समस्यामा छन् । ५ वर्षअघिसम्म काठमाडौंका कीर्तिपुर, सुन्धारा, बसन्तपुर लगायतका ठाउँमा १ सय ८३ वटा ढुंगेधारा थिए । ललितपुरमा ५६ वटा ढुङ्गेधाराले स्थानियको पानी प्यास मेटाउदै आएकोमा अहिले आधा भन्दा बढी लोप भइसकेका छन । भएका पनि जिर्ण बनेका छन् । भक्तपुरको मध्यपुरथिमीमा ५८ र अरु ठाउँमा गरी ८४ वटा ढुङ्गै धारा थिए । तर अहिले आधाभन्दा बढी ढुंगे धारा हराइसके । भएका धारामा पनि अधिकाशंमा पानी आउदैन । जेनतेन पानी  चुहाउदै आएका ढुङ्गे धारा पनि उपभोक्ताका लागि समस्या बनेका छन् । पानी समस्याले आजित भएका उपत्यकाबासी तिपतिपे पानीमा घण्टौं कुर्न बाध्य छन । धारा छेउमा भेट्टिने पुराना शिलालेख तथा मुर्ती कलाले हाम्रो पुरातात्विक र ऐतिहासीक महत्व पनि बोकेका छन् । सहरीकरण, खुल्ला जमिनमा बढ्दो अतिक्रमण र पिच बढ्नुले वर्षाको पानी समेत  जमिनमा जम्मा हुननसक्दा ढुंगेधाराको अस्थित्व संकटमा परेको बताइन्छ । त्यसबाहेक काठमाडौंमा मागको आधा भन्दा बढी पानी जमीनमूनीबाटै पूरा गरिन्छ । यसरी जथाभावी चलाइएका बोरिङले जमीनमूनीको पानी तीव्र गतिमा नास भएको छ । यो पनि ढुंगेधाराको अस्तित्वमा चुनौती बनेको विज्ञहरु मान्छन ।

Published On:  1127पटक हेरिएको

तपाईको प्रतिक्रिया