मलेसियाको सरकारले लेभी शुल्क बढाउँदा नेपाली कामदार मर्कामा

चैत,६ । मलेसियाको सरकारले विदेशी कामदारसाग उठाउने लेभी रकम बढाएको छ । यसअघि बढाइएको लेभी स्थगित गरिएको भएपनि सरकारले फेरी नयाँ लेभी दर सार्वजनिक गरेको हो । यसबाट मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने पक्का भएको छ । मेलेसियन सरकारले कामदारका लागि दुई समूहमा विभाजन गरेर लेभि उठाउने भएको छ । कामदारलाई औद्योगिक र कृषि क्षेत्र भनेर दुई समूहमा विभाजन गरि लेभि उठाउन लागिएको हो । सरकारी निर्णय अनुसार उद्योग तथा कलकारखाना र व्यवसायिक क्षेत्रमा काम गर्ने कामदारले मलेसियन सरकारलाई १८ सय मलेसियन रिंगेट अर्थात झण्डै ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । यसैगरी कृषि क्षेत्रमा काम गर्ने कामदारको ६ सय ४० रिंगेट अर्थात १७ हजार रुपैयाा लेभी काटिनेछ ।

तपाईको प्रतिक्रिया