न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टीको फाइनलमा

चैत १० । पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड विश्वकप ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई २२ रनले हराउदै न्यजिल्याण्ड सेमिफाईनलमा प्रवेश गरेको हो ।  खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले मार्टिन गप्टीलको ८० रनको मद्दतले १ सय ८० रन बनायो ।जवाफमा १ सय ८१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित  २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि सर्जिल खानले ४७ रन तथा अमहद शेहजादले ३० रन जोडे । बलिङतर्फ न्युजिल्याण्डका मिचेल स्यान्टनर र एडम मिल्नेले २/२ विकेट लिए । जितसागै न्युजिल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

तपाईको प्रतिक्रिया