काबुल विस्फोट–१२ नेपालीको मृत्यु, समवेदनाको होडबाजी

एजेन्सी–असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिवान विद्रोहीले गरेको आत्मघाती विस्फोटमा परी १२ नेपालीले ज्यान गुमाएका छन् । घटनामा ७ नेपाली र ४ अफगानी घाइते भएको बताइएको छ ।

kabul bisfotविस्फोटको जिम्मेवारी अफगानिस्ताको विद्रोही संगठन तालिवानले लिएको छ । नेपाली सुरक्षागार्ड चढेको मिनी बस पूर्वी शहर जलालबाद गइरहेका बेला पैदल रहेका आत्मघाती आक्रमणकारीले विष्फोट गराएका थिए । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ ।  अहिले काबुलको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ ।

काबुल घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्फोटमा १२ नेपालीको मृत्यु भएको प्रति गहिरो शोक व्यक्त गर्नुभएको छ । घटनाबारे ट्विट गर्दै उहाँले आफू स्तब्ध भएको प्रतिक्रिया दिनुभएको हो । यस्तै, परराष्ट्रमन्त्री कमल थापाले दुःख व्यक्त गर्दै घटनाको भत्सर्ना गर्नुभएको छ ।

काबुल घटना बारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेट ट्विट गर्दै निर्दोष नेपालीको मृत्यु भएकोप्रति समवेदना प्रकट गर्नुभएको छ । घटनाको घोर भत्सर्ना गर्दै मोदीले दुःखको यस घडीमा नेपाललाई जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको जनाउनुभएको छ ।

काबुल विष्फोटबारे विभिन्न दलका नेता, अन्तर्राष्ट्रिय समूदाय लगायको ट्विट र समबेदन आइरहेको छ ।

तपाईको प्रतिक्रिया