टोपी बाजे मेरो पहिचान हो : रामचन्द्र तिमिल्सेना

लामो समयदेखि ढाका टोपीको व्यवसाय गर्दै आउनु भएका रामचन्द्र तिमिल्सेना पोखरामा सफल व्यवसायीको  रुपमा परिचित हुनुहुन्छ । ढाका टोपीकै व्यापारले तिमिल्सेनालाई ढाका टोपी बाजेको परिचय समेत थपिदिएको छ । तिमिल्सेना एक व्यापारी मात्र नभएर आँट गर्ने हो भने स्वदेशमै केही गर्न सकिन्छ भनेर प्रमाणित गर्न सफल युवा पनि हुनुहुन्छ । धरै दाजुभाईहर आयआर्जन गर्न खाडी लगायतका मुलुक गइरहेको सन्र्दभमा तिमिल्सेना त्यसलाई चिर्दै स्वदेश गर्नुपर्छ भन्ने प्रेरणाका स्रोत समेत हुनुहन्छ । इँच्छाशक्ति नै मानिसको कर्म मार्गमा निरन्तर उर्जा प्रदान गर्ने एउटा अक्षय शक्ति हो र दृढ इच्छाशक्ति भएका मानिस नै मानिस सफल हुन्छन् भन्ने मान्यता तिमिल्सेनाको छ । यिनै विविध सन्र्दभमा रहेर नेपाल परिक्रमा सम्बाददाताले तिमिल्सेनासँग गरको कुराकानी अंश ।
तपाई आफ्नो परिचय कसरी दिन चाहानुहुन्छ ?
पोखरामा धरैले मलाई टोपी बाजे भनेर चिन्छन्,किनकी म बर्षौदेखि यही ढाका टोपीको व्यपार गर्दै आएको छ । टोपी बाजे मेरो पहिचान नै भइसकेको छ । हिजो आज नाम भन्दा टोपी बाजे भनेर बोलाएको सुन्दा नै आनन्द लाग्छ, किनकी यो मलाई मेरो पेसाले दिएको इनाम हो ।

व्यवसायका अन्य क्षेत्रहरु पनि छन्, तर तपाईले ढाका टोपीलाई किन रोज्नुभयो ?
पक्कैपनि व्यवसायका अन्य क्षेत्र हरु पनि छन्, काम गरेर सफल भएका हरु पनि छन् , मलाई सानैदेखि नै व्यापार गर्छु भन्ने थियो तर यहि क्षेत्र रोज्छु भन्ने थिएन, बाबा आमा पनि व्यापारमा नै हुनुहुन्थ्यो उहाँको प्रेरणाले म यस व्यवसायमा लागेको हुँ । सुरुवातका दिन एकदमै असहज थिए मैले रु १ सय २५ बाट मेरो व्यवासायिक यात्रा प्रारम्भ गरेको थिए । पहिले पोखराबाट ढाका टोपी लगायतका ढाकाका कपडा लगेर बाग्लङु बेनी तथा मुस्ताङसम्म भारी बोकेर नै खुद्रा व्यापार गर्दथे । अनि त्यसबाट आएको नाफा बाट पँुजी बढाँउदै अहिले यहाँसम्म आइपुगेको छु ।

तपाइले ढाका टोपीको व्यापार कहिलेबाट प्रारम्भ गनुभएको थियो ?
२०६० सालबाट सुरु गरेको हँु, अहिले पोखरा, ९ पालिखेचोक मेरो पसल रहेको छ ।
ढाका टोपीको महत्व र बजार कस्तो पाउनुभएको छ ?
ढाका टोपीको धार्मिक हिसाबले अत्यन्त महत्व छ । जन्म उत्सव, बिबाह, ब्रतबन्ध, क्रिया कर्म या अन्य धार्मिक कार्य आदिमा पनि ढाका टोपीको प्रयोग हुने भएका कारण यसको बजार राम्रै छ । हुन त अहिलेको समय फेसएबल छ । तर ढाका टोपीको माग भने घटेको छैन ।

आगामी दिनमा आफ्नो व्यपारलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ ?
प्रतिष्प्रर्धा हरेक क्षेत्रमा हुन्छ । म जस्तै व्यपारी अरm पनि छन् । बाधा र व्यबधानलाई चिरेर अगाडि बढ्न सक्नु नै सफलताको कडि हो । अगामी दिनमा त मेरो बर्षौदेखिको अनुभव र स्थापित सम्बन्धले नै मलाई अगाडि बढाउँछ । मलाई रामचन्द्रबाट टोपी बाजे म आफैले बनाएको पनि हैन यो मेरो काम को ताज हो । त्यसकारण म यो क्षेत्रमा अझै शशक्त रुपमा अगाडि बढ्छु भन्ने मलाई लाग्छ ।

ढाका टोपीको व्यपारबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट र खुसी छु यो क्षेत्रमा । मैले यो क्षेत्रमा लागेर आफूले राम्रै सफलता हात पारे जस्तो लाग्छ । सायद अन्य क्षेत्रमा भएको भए म यतिको खुसी हन्नथे होला । यहि व्यपारबाट मेरो परिवारको आवश्यकता तथा अन्य आवश्कता पूर्ति भएका छन् । त्यसैले आगमी दिनमा मैले व्यपारसँगै समाजसेवाको क्षेत्रमा पनि क्रियाशिल रहने योजना बनाएको छु ।
अन्त्यमा नेपाल परिक्रमा मार्फत के भन्न चाहानुहुन्छ ?
नेपाल सांस्कृतिक धर्मिक साथै प्राकृतिक रुपमा पनि एकदमै धनि छ, यसकारण आजको युवाले स्वदेशमै केहि गर्नुपर्छ भन्ने मान्यता राख्छु । के छैन र हामी सगँ सबै छ तर चिन्न सक्नु पर्छ, आजको युवा यकदमै निराश छ, देशको काध थाम्ने युवामा साहस हुनुपर्छ । एउटा भनाइ छ एक ले थुकी सुकी सय ले थुकी नदि, एक एक मिलेर हजार बने जस्तो हामीले कुनै क्षेत्रमा केही न केही गरेर कम से कम आफू स्वरोजगार हुन मात्र सके अर्थतन्त्रमा देश धैरै अगाडि बड्न सक्छ जस्तो लाग्छ । आफ्नो ठाउँबाट सकेजति सबैले गर्नुपर्छ अनि देश विकासमा फड्को मार्न सक्छ ।

 

तपाईको प्रतिक्रिया