लुम्विनी तन्दुरी देशकै एउटा राम्रो ब्रान्ड भइसक्यो : व्यवसायी हरि घिमिरे

साउन । यदि तपाई काठमाडौं उपत्यका विभिन्न स्थानमा जानुभएको भएको छ भने तपाईले कतिपय ठाउँहरूमा लुम्विनीको नाममा सञ्चालन रिएका तन्दुरी रेष्टुरेन्ट देखेकै हुनुपर्छ । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यस्ता रेष्टुरेन्टहरूले राम्रो बजार समेत पाएका छन् । लुम्बिनी भोजनालयहरूले विशेषगरी रोटी तरकारीका विभिन्न प्रकार र खाना खुवाउने भएकाले अहिले लुम्विनी भोजनालयहरू ग्राहक माझ पनि उत्तिकै लोकप्रिय छन् । शुरूमा थोरैको संख्यामा खुलेका यस्ता भोजनालयहरू अहिले सय भन्दा बढि पुगिसकेका छन् । १ सय ५ वटा लुम्विनी तन्दुरी भोजनालय आवद्ध  रहेको लुम्विनी तन्दुरी व्यवसायी संघ नै अहिले स्थापति छ । संघले लम्विनी तन्दुरी व्यवसायी, त्यसमा कार्यरत मजदूर हकहित र समाजसेवाको क्षेत्रमा संघले काम गर्दै आएको छ । यस्तै, विविध सन्र्दभमा रहेर नेपाल परिक्रमा संवाददाताले लुम्विनी तन्दुरी व्यवयासी संघका बरिष्ठ उपाध्यक्ष हरि घिमिरेसँग गरेको कुराकानी अंश । घिमिरे पुरानो लोकप्रिय तन्दुरी भोजनालयका व्यवस्थापक समेत हुनुहुन्छ ।

–कहिलेदेखि तपाई तन्दुरी व्यवसायमा लाग्नुभयो ?
म तन्दुरी व्यवसायमा लागेको १० बर्ष भन्दा वढि समय भइसकेको छ । आफैले व्यवस्थापक भएर तन्दुरी व्यवासाय शुरू गरेको पनि यति नै समय भइसक्यो । पहिले भन्दा अहिले यो व्यवसाय गर्ने संख्या पनि बढ्दो छ ।

–तन्दुरी भोजानालयमा हरूमा गा्रहक आर्कषण कस्तो  छ ?
सबै तन्दुरी भोजालयमा एउटै हुन्छ भन्ने छैन । संघमा आवद्ध अधिकांश तन्दुरी रेष्टुरेन्टमा ग्राहकको आर्कषण मैले राम्रै पाएको छु । अझ केही राम्रो लगानी गरेर सही व्यवस्थापनका साथ यो व्यवसायमा लागेकाहरूमा अझ गा्रहकको आर्कषण राम्रो छ । हाम्रो मुख्य परिकार भनेको रोटी तरकारी विभिन्न आइटम नै हो । विभिन्न प्रकारका रोटी र तरकारी खानाका लागि अहिले लुम्विनी भोजनालहरू सबै माझ लोकप्रिय छन् ।

–लुम्विनी तन्दुरी व्यवसायी संघले के कस्तो काम गर्दै आएको छ ?
अहिले करिब १ सय ५ वटा लुम्विनी तन्दुरी रेष्टुरेन्टहरू यसमा आवद्ध छन् । एक हिसाबले हामी व्यवसायी हो । स्वदेशमै केही गरेर थौरैलाई पनि रोजगारी दिएका छौ । यो पनि देश विकासमा टेवा पुर्‍याउन सक्ने एउटा कुरा हो । लुम्विनी तन्दुरीहरूमा अहिले २५ सय भन्दा वढिले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । यो संघ हामी व्यवसायीहरूकै भएकाले हामीले ग्राहक रूची अनुसार कसरी गुणस्तरी खानेकुरा उपलब्ध गराउने भन्नेमा केन्द्रीत छ । यतिमात्र नभई तन्दुरीमा कार्यरत मजदूरको हकहितको लागि पनि हामीले काम गर्दै आएको छ । यी कुरा त सामान्य नै भइहाले अब एउटा संघको रूपमा विकास भइसकेपछि हामीले आफ्नो जिम्मेवारी वहन गर्दै विभिन्न समाजसेवाका कामहरू रक्तदान, सरसफाई, बृक्षारोपण, बृद्धबृद्धालाई खाना खुवाउने लगायतका विभिन्न सामाजिक काम पनि गर्दै आएका छौ ।

–आगामी दिनमा तन्दुरी व्यवसायीहरूको संघले के काम गर्छ ?
पक्कैपनि संघले आगामी दिनमा समाज सेवाका अन्य महत्वपूर्ण कार्यहरू गर्नेछ । हामी संघमा आवद्ध व्यवसायीहरूले मासिक केही रकम संकलन गरेर एउटा लुम्बिनी भोजनालयको सामाजिक कोष खडा गरेर त्यसबाट शिक्षा, स्वास्थ्य, वातावरण लगायतका क्षेत्रमा काम गर्ने हाम्रो योजना छ । यति मात्र नभई हामीले यो कोष खडा गरेर यदि हाम्रो संघसँगमा आवद्ध व्यवसायी र मजदूरको काम गर्दै गर्दै कुनै दुर्घटना भयो भने त्यसलाई क्षतिपूर्ति दिनुपर्छ भनेर पनि हामी संघमा आवद्ध केही साथीहरू लागि परेका छौ । संघले गर्नुपर्ने कुनैपनि सामाजिक दायित्वबाट हामी भाग्ने छैनौ ।

–अन्त्यमा नेपाल परिक्रमा मार्फत पाठकलाई के भन्न चाहनुहुन्छ ?
हामी स्वदेशमै केही गनुपर्छ र आफ्नै देशको विकासमा लाग्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर यो मझौला खालको व्यवसायमा लागेका हौ । तन्दुरी व्यवसाय सञ्चालन गर्ने कतिपय साथीहरू त बर्षौसम्म विदेशमा काम गरेर यहाँ आएर लगानी गरेका उदारण पनि छन् । राज्यले हामीहरूको व्यवसायलाई थप व्यवस्थित र सुरक्षित बनाउन भूमिका खेल्नुपर्छ । हामी आफै पनि यसमा लागेका छौ । अहिले लुम्बिनी तन्दुरी एउटा राम्रो ब्रान्ड समेत भइसकेको छ । ग्राहकहरूले पनि तन्दुरी भोजनालाई मन पराई दिनुभएको छ । ग्राहकको सन्तुष्टि नै हाम्रो खुसी हो । स्वदेशमा केही गर्नेलाई सबै साथ सहयोग गरौ यही नै भन्न चाहन्छु ।

तपाईको प्रतिक्रिया