नेपाललाई सदैब सहयोग गर्न तयार : अमेरिकी राष्ट्रपति ओबामा

एजेन्सी–असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा एक सन्देश पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई दिनुभएको छ ।

Barack Obamaसन्देश मार्फत अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएको राष्ट्रपति ओबामाले गौरवानुभूति भएको बताउनुभएको छ । गत वर्षको विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

घर र जीवनहरू पुनर्निर्माणमा प्रयत्नरत नेपालीहरूलाई सहयोग गर्न अमेरिका तयार रहेको समेत राष्ट्रपति ओवामाको सन्देशमा उल्लेख छ । उहाँले संविधान नेपाल  र नेपालीको चाहना भएको भन्दै सफल कार्यान्वयनको कामना सहित सदैब अमेरिकी सहयोग रहने बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति ओबामाले सन्देश मार्फत नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र द्वन्द्वबाट प्रभावितका लागि न्यायको खोजी गर्न अमेरिकी सहयोग निरन्तर रहने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया