धरहरा निर्माणको काम अझै शुरू हुन सकेन

काठमाडौं–कार्तिक । गत वर्ष भूकम्पमा परी भत्किएको धरहराको पुर्ननिर्माण अझै पनि हुन सकेको छैन । भ्ूाकम्पबाट क्षतिग्रस्त धरहराको पुनर्निर्माणका लागि सरकारले फागुन २ गते ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियान नै सञ्चालन गऱ्यो । तर अभियान सञ्चालन गरेपनि निर्माणको प्रक्रिया भने २ वर्ष पुग्न लाग्दा समेत सुरु भएको छैन ।

dharara तिन महिना अगाडी नै धरहराको नक्साङ्कन भईसकेको महानगरपालीकाको भनाई छ । धरहराको पुर्ननिर्माणका लागि ३ अर्ब रुपैया लाग्ने महानगरपालिकाको भनाई छ । तर अहिलेसम्म कति रकम जम्मा भयो भन्ने तथ्याङ्क भने स्वयं महानगरपालिकासँग छैन । सोमबार भने नेपाली सेनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  ६ करोड १७ लाख रुपैयाा सहयोग हस्तान्तरण गरेको छ ।

काठमाडौंको चिनारी बनेको धरहराको पुनर्निर्माणको काम यति सुस्त गतिमा हुनुले भुकम्पपछिको पुनर्निर्माणको समग्र अभियान कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ । भूकम्पका कारण भग्नावशेषमा परिणत भएको पुरानो धरहरालाई जस्ताको तस्तै राखेर छेउमा २२ तलाको नयाँ धरहरा बनाउने तयारी गरिएपनि अहिलेसम्म त्यसको काम शुरु हुन सकेको छैन । धरहरा बनाउनका लागि नजिकै रहेको जग्गा अधिग्रहण गर्नुपर्ने भएपनि त्यो काम सक्न समय लाग्ने महानगरपालिकाको भनाई छ ।

तपाईको प्रतिक्रिया