निरन्तर संघर्षले मात्र सफल व्यवसायी बन्न सकिन्छ – कमल गुरूङ

काठमाडौं–मंसिर ।   पोर्चुगलमा चम्किएका एउटा नेपाली । करिव एकदशक सम्मको निरन्तर संघर्ष । अन्तत : सफल व्यवसायी । विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीको बारे चिन्ता गरिरहने सहयोगी नाम – कमल गुरुङ । एक दशक अघि पोर्चुगल पुग्नुभएका गुरुङ अहिले ग्य्राव जब  संस्थाका सिइओ हुनुहुन्छ । ग्य्राव जब युरोपियन बहुराष्ट्रिय कम्पनी हो । यो कम्पनि मार्फत रोजगारीको खोजी गरिरहेकाहरुले रोज15151192_10153887345596540_1310356349_nगार बन्ने अवशर पाइरहेका छन् ।

एनआरएन पोर्चुगलका युथ संयोजक, तमु समाज पोर्चुगलका पूर्वअध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न व्यवसायमा समेत आबद्ध हुनुहुन्छ । हेयर सैलुन, मनी ट्रान्सफर्मर, होस्टेल, बुटिक लगायत विभिन्न व्यवसाय मार्फत उहाँले ३ सय ५० जना भन्दा बढीलाई पोर्चुगलमा रोजगारी दिइ रहनुभएको छ । काठमाडौंको लाजिम्पाटमा जन्मिनुभएका गुरुङले काठमाडौंमै एसएलसीसम्मको शिक्षा आर्जन गर्नुभयो । भारतको देहरादुनबाट उच्च शिक्षा हासिल गर्दै नेदरल्याण्ड पुग्नुभएका गुरुङले त्यहीबाट विजनेश म्यानेजमेन्टमा युनिभर्सिटी शिक्षा हासिल गर्नुभयो ।

पोर्चुगलमा बसेर नेपाली भाषा र संस्कृति प्रवद्र्धन गर्ने काम जारी राख्नुभएका गुरुङ, पोर्चुगलमा एसियाकै पहिलो व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । सांस्कृतीक कार्यक्रममा पोर्चुगिष्ट सँग मि15134381_10153887346831540_1870630996_nलेर नेपाल चिनाउने तथा नेपालको पर्यटन प्रबद्र्धनमा समेत उहाँको सक्रिय सहभागिता रहेको छ । विश्वका जुन कुनै कुनामा भएपनि नेपाल मामिलामा चासो राख्ने र समाचारहरुमा निरन्तर अपडेट रही रहने वानी उहाँको छ । नेपाल र पोर्चुगलको हावापानी मिल्दोजुल्दो भएको भन्दै गुरुङले देशले सकारात्मक फाईदा लिन कोसिश गर्नुपर्ने बताउनुभएको छ । पोर्चुगलमा बोल्ने पोर्चुगेली भाषामा पोख्त गुरुङ आफैले अहिले पोर्चुगलबाट नेपाली भाषामा ट्रान्सलेट गर्ने सफ्टवेर समेत विकास गर्दै हुनुहुन्छ । सबै प्रविधिमैत्री भए मात्र सहयोग आदानप्रदान सहज हुने उहाँको विश्वास रहेको छ ।

पोर्चुगल बारे गुरुङ भन्छन् – पोर्चुगलका मान्छे सहयोगी हुन्छन् । हावापानी नेपालको जस्तो, एकदमै व्यवस्थित र सहज वातावरण । युरोपियन मुलुक, त्यहाँबाट अन्य युरोपियन देशहरुमा आवतजावत गर्न सजिलो छ । नेपाल पोर्चुगलबीचको सम्बन्धमा समेत गुरुङ जानकार छन् । ब्यापार सम्बन्ध – कृषी व्यावसाय, इन्फास्टक्चर, पोर्चुगलबाट नेपालमा उच्चस्तरिय भ्रमण, पर्यटन व्यावसाय पोर्चुगलको मुख्य व्यवासाय हो । पोर्चुगलको सिको गर्न सके नेपाली पर्यटन पनि फस्टाउन सक्छ । 15134237_10153887345381540_1618339986_n

नेपालसँग पनि पर्यटनको अथाह सम्भावनन छ । तर संभावना भएपनि यसको उचित व्यवस्थापन हुन सकेको छैन । पोर्चुगलबाट सिकेर यहाँ प्रयोग गर्ने हो भने पर्यटन व्यावसाय निकै फलदायी हुनेछ ।

तपाईको प्रतिक्रिया