दक्षिण कोरियामा राष्ट्रपति विरूद्ध प्रर्दशन

एजेन्सी–दक्षिण कोरियाको राजधानी सोलमा राष्ट्रपति पार्क गुन–हेका विरुद्धमा प्रर्दशन भएको छ । प्रदर्शनमा कम्तीमा ५ लाख बढी सहभागी रहेको आयोजकले जनाएका छन् । प्रदर्शनकारीले सोलमा रहेको कोरीयाली राष्ट्रपति भवन ब्लु हाउस अगाडी प्रदर्शन गरेका थिए । प्रदर्शनलाई मध्यनजर गरेर २० हजार प्रहरी परिचालन गरिएको जनाइएको छ ।

south_korea_8046682प्रदर्शन शान्तीपुर्ण रहेको कोरियाली प्रहरीले जनाएको छ । प्रदर्शनकारीले हेलाइ जेल हाल्नुपर्ने माग गरेका थिए । साप्ताहिक रुपमा हरेक शनिवार हुने प्रदर्शन विगत ६ साता यता जारी छ । साथी चोइ सोन सिलले हेको प्रभावको दुरुपयोग गरी व्यावसायिक लाभ लिएको आरोप हेमाथी लाग्दै आएको छ ।

तपाईको प्रतिक्रिया