बर्लिन आक्रमणका दोषी मारिए

एजेन्सी । बर्लिनमा भएको ट्रक आक्रमणमा संलग्न भनेर विश्वास गरिएका मानिस इटालीयन प्रहरीद्वारा मारिएका छन् । इटालीको उत्तरी शहर मिलानमा प्रहरीसँगको दोहोरो गोली हानाहानमा बर्लिन आक्रमणका अभियुक्त मारिएको इटालीको समाचार संस्था अन्साले जनाएको छ । बर्लिन आक्रमणका अभियुक्त ट्यिुनिशियाली मुलका अनिस अम्री स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे मिलानमा मारिएको सुरक्षा श्रोतलाइ उल्लेख गर्दै अन्तर्राष्ट्रिय समंचारमाध्यमले जनाएका छन् ।

प्रहरीले नियमित परिचयपत्र जाँच्ने क्रममा अभियुक्तको पहिचान गरेको बताइएको छ । इटालीयन प्रहरीसँगको भिडन्तमा बलिन आक्रमणका अभियुक्त मारिएको इटालीका आन्तरिक मामला मन्त्री मार्को मिनिटीले पुष्टि गरेका छन् । यसअघि जर्मन प्रहरीले अम्री घाइते अवस्थामा बर्लिनमै हुनसक्ने आशंका गरेको थियो । त्यस्तै डेनमार्क प्रहरीले पनि अम्रीको हुलियासँग मिल्दोजुल्दो मानिस उत्तरी शहर अलबर्गमा देखिएको भन्दै स्थानीयलाइ सतर्क गराएका थिए ।

तपाईको प्रतिक्रिया