मोसुलमा स्लामिक स्टेटविरुद्ध नयाँ किसिमको आक्रमण

एजेन्सी । इराकी सुरक्षा फौजले इस्लामिक स्टेटविरुद्ध मोसुलमा नयाँ किसिमको आक्रमण सुरु गरेका छन् । इराकी सुरक्षा फौजले मोसुलको दक्षिण तर्फबाट आक्रमण सुरु गरेको इराकी आन्तरिक मामला मन्त्रालयले जनाएका छन् । ताजा आक्रमणका क्रममा इराकी सेनाले मोसुल दक्षिणका केहि भु–भागहरु मुक्त गर्न सफल भएको मन्त्रालयले जानकारी दिएको छ । नयाँ आक्रमणमा एक लाख बढी इराकी सुरक्षा फौज, केही इरकी कुर्दीस्तानका पेसमरगा सेना तथा शिया लडाकु सहभागी रहेका छन् ।

हालसम्म मोसुलको एक चौथाइ भुभाग मुक्त गरिएको जनाइएको छ । यसै वर्षको अक्टोबर १७ मा घोषणा गरीएको मोसुल मुक्त गर्ने अभियान डिसेम्बर भरी सुस्त रहेको थियो । यस वर्षभित्र मोसुल मुक्त उद्देश्य रहेको भनिएको अभियान अझ तीन महिनासम्म लम्बिन सक्ने इरकी सैनिक अधिकारीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया