एनपिटिसी लिमिटेडको २३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं – बहुउद्देश्यीय संस्थाको रूपमा २३ वर्ष अघि स्थापना भएको एनपिटिसी (नेपाल प्रिन्टर्स एण्ड टे«डर्स सहकारी) लिमिटेडले पुस २२ गते आप्mनो २० औं साधारण सभा तथा २३ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
सरस्वतीनगर स्थित आप्mनै कार्यालय भवन परिसरमा सम्पन्न भएको कार्यक्रमको पुर्व गृह राज्य मन्त्री, राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका पूर्व अध्यक्ष श्री दीपकप्रकाश बाँस्कोटाले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्री मित्रसेन दाहालले आ.व. २०७२÷०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका सदस्यहरूले सधैँ सञ्चालकहरूको कुरामात्र सुन्ने तर सदस्यहरूको कुरा कम सुन्ने प्रचलनलाई परिवर्तन गरी सदस्य र सञ्चालकहरूका बीचमा घनीभुत रूपमा छलफल गरेर शेयर सदस्यहरूको हितमा काम गर्ने योजना आपूmहरूले लिएको बताउनुभयो । उहाँले आगामी दिनमा संस्थाले सदस्यहरूको सहभागिता बढाउँदै लैजानेमा जोड दिँदै सदस्यहरूले पनि संस्थाको सुधारका लागि अझ बढी सक्रियता बढाउनुपर्ने धारणा राख्नुभएको थियो ।

दाहालले क्षमता अनुसारको काम गर्नका लागि संस्थालाई तरलता र निक्षेपको अभाव नभएको बताउँदै निक्षेप कर्ताको विश्वास जित्न संस्था सफल भएको दाबी गर्नुभयो । संस्थाको अधिक मात्रामा अचल पुँजी रहेको प्रति संकेत गर्दै उहाँले यसै वर्षबाट संस्थाले आप्mनो नाममा रहेको अचल पुँजीलाई राष्ट्रिय सहकारी बैंकमा धितो राखी ऋण लिने र उक्त ऋणलाई भविष्यमा उत्पादनशील क्षेत्रमा लगानी गर्ने योजना समेत अगाडि बढाइसकेको जानकारी गराउनुभयो ।
यस संस्थाले आप्mनो स्थापना कालदेखि नै नाफाको केही अंशलाई मुद्दतीको रूपमा राखी त्यसबाट प्राप्त व्याजले हरेक वार्षिक उत्सवमा एनपिटिसी पुरस्कार तथा सम्मान वितरण गर्दै आएको छ । यस वर्ष पनि विगतका वर्षहरूमा जस्तै आप्mनो क्षेत्रबाट समाज तथा राष्ट्रलाई विशेष योगदान पु¥याउँदै आएका व्यक्ति तथा संस्थाहरूलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम गरेको छ । जस अनुसार ज्येष्ठ नागरिकको क्षेत्रमा योगदान पु¥याउने श्री निसाहय सेवा सदन, वानेश्वर काठमाडौं, कृषि क्षेत्रमा योगदान पु¥याए वापत कृषि विशेषज्ञ डा. लिला वहादुर कार्की, शैक्षिक उन्नयनमा योगदान पु¥याए वापत श्री सगरमाथा एजुकेशनल एकेडेमी सरस्वतीनगर पत्रकारिता तथा मानव अधिकारको क्षेत्रमा योगदान पु¥याए वापत वरिष्ठ पत्रकार एवम् मानव अधिकारकर्मी प्रा. श्री पुरुषोत्तम दाहाल लगायतका व्यक्तित्वहरू पुरस्कृत तथा सम्मानित भएका थिए ।
त्यसैगरी सस्थाको पुर्व सञ्चालक श्री डिल्लीप्रसाद दाहाल, लेखा समितिका पूर्व संयोजक श्री अम्बिका सुवेदी, नियमित वचत कर्ता राजनप्रसाद पौडेल र संस्थागत वचत कर्ता श्री सज्जन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड, खुत्रुके वचतमा निमित वचत गर्नुहुने सीता गौतम, असल ऋणी पुरुषका तर्फबाट श्री सोनाम ग्याल्वो तामाङ, असल ऋणी महिलका तर्फबाट श्री जयन्तीदेवी खत्री (कार्की), शेयर सदस्य मध्येबाट ज्येष्ठ सदस्य शिक्षासेवी ९५ वर्षीया श्री चन्द्रकुमारी श्रेष्ठ, अतिरिक्त क्षमता भएका शेयर सदस्य श्री पासाङ शेर्पा र कर्मचारीतर्फ उत्कृष्ट कार्यसम्पादन गर्नुहुने कर्जा अधिकृत श्री गान्धर्वराज पौडेललाई समेत पुरस्कार सहित प्रशंसापत्र प्रदान गरिएको थियो ।

पुरस्कृत तथा सम्मानित हुनुहुने सबैलाई प्रमुख अतिथि बाँस्कोटाले हार्दिक बधाई दिँदै नेपालका अन्य सहकारीले पनि अब यसरी नै सामाजिक क्रियाकलापमा सहभागी जनाएर सहकारी आन्दोलनलाई सफल बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सम्मानित हुनुहुने वरिष्ठ पत्रकार एवम् मानवअधिकारकर्मी प्रा. श्री पुरुषोत्तम दाहालले सहकारी राजनीतिक प्रणालीको विशिष्ट अंग भएको बताउँदै अहिले पनि सहकारीमा आवद्ध सदस्यहरूमा सहकारी शिक्षाको अभाव रहेको धारणा राख्नुभएको थियो । उहाँले सहकारीको विकासका लागि वचतकर्ता, ऋण तिर्ने ऋणी र व्यवस्थापनको महत्वपूर्ण भूमिका हुने भएकाले तीनै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने विचार राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया