प्रथम न्यू डन बोस्को इन्डो नेपाल कराते प्रतियोगितामा सिफल मार्सल आट्स क्लबको राम्रो प्रदर्शन

काठमाडौं– पहिलो न्यू डन बोस्को इन्डो नेपाल र प्रतियोगितामा सिफल मार्सल आट्स क्लबले राम्रो प्रर्दशन गर्न सफल भएको छ । नेपाल र भारतका विभिन्न डोजोहरू सहभागी भएको प्रतियोगिताको ३० केजी तौल समूहमा सिफल मार्सल आट्स क्लबकी मनिष्का श्रेष्ठले स्वर्ण पदक हात पार्न सफल भइन भने क्लबाट सहभागी तीन खेलाडी कमली पहरी, साजन श्रेष्ठ र दीपराज वहकले रजत पदक तथा श्रीयुत्त अधिकारी, दीवान्सी न्यौपाने, शुक्र मोत्तान, मोहिता भण्डारी र आयुषा खड्काले विभिन्न तौल समूहमा कास्य पद जित्न सफल भए ।

नेपाल र भारतका गरी कूल १ सय २० खेलाडी सहभागी भएको प्रतियोगितामा सिफल मार्सल आट्सका १८ जना खेलाडी सहभागी भएका थिए । सहभागी मध्ये ९ खेलाडीले पदक ल्याउन सफल भएका हुन् ।

तपाईको प्रतिक्रिया