सञ्चालनको केही महिनामा ग्राहकको पहिलो रोजाइमा पिजा वल्र्ड

काठमाडौं–काठमाडौंको बौद्ध पीपलबोट छेउमा रहेको पिजा वल्र्ड सञ्चालनको केही महिनामै ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको छ । बर्षौदेखि पिजा रेष्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिजा वल्र्ड नेपालकै सस्तो पिजा रेष्टुरेन्ट पनि हो । निन्न, मध्यम र सबै खाले बर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिजा वल्र्ड सस्तो मात्र छैन उतिकै गुणस्तरी पनि रहेको सञ्चालकहरूको भनाइ छ । पिजा वल्र्डमा अहिले दैनिक ३/४  सय  को हाराहारीमा ग्राहक आउने गरेको पिजा वल्र्डका व्यवस्थापक केशव भुजेलले जानकारी दिनुभयो । पिजा वल्र्डले ९९ रूपैयाँमा  पिजा विक्री गर्दै आएको छ ।

पिजा वल्र्ड पिजाका फ्यानहरूको मात्र मात्र हैन कलाकारहरूको जमघटको थलोको रूपमा परिचित हुन थालेको छ । झण्डै ५० लाखको लगानीमा आज भन्दा पाँच महिना अघि सञ्चालनमा आएको पिजा वल्र्ड अहिले काठमाडौं उपत्यकाका बस्ने धरै पिजाका पारखीहरूको माग पूरा गरेको छ । पिजा वल्र्डको होम डेलीभरको सुविधा पनि रहेको छ भने पिजा वल्र्डको अनलाइन साइट डब्लु डब्लु डट पिजा वल्र्ड नेपाल डट कम गएर पनि बुक गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया