लायन्स मित्र बहुउद्देश्यी सहकारीको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौं–बहुउद्देश्यीय संस्थाको रूपमा गत वर्ष स्थापना भएको लायन्स मित्र बहुउद्देश्यीय सहकारीले धुम्बाराही स्थित स्मार्ट क्याफे एण्ड बैक्वेटमा आफ्नो प्रथम साधारण सभा तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहकारीताको माध्यमबाट छरिएर रहेको पुँजीलाई एकतृत गरी संस्थामा आबद्ध सदस्यहरुको आर्थिक, सामाजिक तथा साास्कृतिक विकास गर्नुको साथै मुलुकको आर्थिक सामाजिक न्याय तथा गरिबी निवारण गर्ने लक्ष्यका साथ लायन्स क्लबका सदस्यहरुको संलग्नतामा संस्थाको स्थापना भएको जानकारी संस्थाका अध्यक्ष श्री सम्भुप्रसाद घिमिरेले गराउनुभएको थियो ।

घिमिरेले लायन्स क्लब अन्तराष्ट्रिय सामुदायिक र मानवीय सेवाको लागि प्रयासरत रहेको जानकारी गराउादै उक्त संस्थासाग आवद्ध सदस्यहरुलाई पनि सहकारीको माध्यमबाट मानवीय र सामाजिक सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि वचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष ऋषिराज घिमिरेले यस सहकारीले लिएको लक्ष्य र उद्देश्यको प्रशंसा गर्दै लायन्स मित्र बहुउद्देश्यीय सहकारी लायन्स क्लबको क्षेत्रमा पहिलो र पाइनियर संस्था भएको दाबी गर्नुुभयो । सो कार्यक्रममा संस्थाका अध्यक्ष सम्भुप्रसाद घिमिरेले आव २०७२/०७३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । पहिलो वर्ष जम्मा १६३ जना शेयर सदस्यहरुबाट जम्मा १ करोड ५९ लाख १२ हजार शेयर पुाजी संकलन गरिसकेको बताउादै स्थापनाको पहिलो वर्षबाटै शेयर सदस्यहरुलाई संस्थाले कमाएको नाफाबाट ८ प्रतिशत लाभांश वितरण गर्न सुरु गरिएको जानकारी समेत अध्यक्ष घिमिरेले गराउनुभयो । संस्थाले संंस्थामा रु ५ लाखभन्दा बढी लगानी गर्ने १४ जना शेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरेको थियो ।   
संस्थामा आवद्ध सदस्यहरुको चाहना अनुसार संस्थाले शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, बन, जडिबुटी, उपभोक्ता, सञ्चार, यातयात, विद्युत, उर्जा, आवास गृह तथा जग्गा विकास परियोजना, व्यापारिक प्रतिष्ठान, निर्माण, आयत निर्यात एजेन्सी, डिपार्टमेन्टल स्टोर, क्याटरिङ सेवा, विभिन्न क्षेत्रका लागि आवश्यक परामर्श सेवा लगायतका अन्य सेवाहरु प्रदान गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया