गाउँलाई स्वर्ग बनाउन चाहने रामकुमार

मान्छे मान्छेबीच समानता भैदिएको भए सायद रामकुमार श्रेष्ठमा राजनीति गर्ने सोच आउदैनथ्यो । बाउ बाजेदेखि नै व्यापार व्यवसाय गर्दै आएकाले सानैदेखि रामकुमार व्यापार तिरै आकर्षित हुनुभयो । तर, किशोरावस्थामै पञ्चायत र ४६ सालको जनआन्दोलन भोगेका रामकुमारमा विस्तारै राजनीतिक चेतना जाग्न थाल्यो । व्यापार व्यवसाय त छदै थियो, रामकुमारले राजनीतिलाई पनि सगै अघि बढाउनुभयो ।

व्यापारबाट मैले परिवार चलाए रामकुमारले भन्नुुहुख्छ – तर म राजनीतिबाट समाज परिवर्तन गर्न चाहान्थे । समाजमा समानता र न्यायको शासन देख्न चाहाने रामकुमारले २०५२ सालमा नेकपा मालेको सदस्यता लिनुभयो । कक्षा ८ मा पढिरहेका बेला २०३६ सालमा भएको निर्दल र बहुदलको निर्वाचनका बेला नै रामकुमार बहुदलको पक्षमा खुलेर लागेका थिए । उनको त्यहि राजनीतिक चेतनाका कारण पार्टीगत राजनीति थालेकै दुइ वर्षमा रामकुमार पूर्कोट गाविस वडा नम्बर ३ को अध्यक्षमा बहुमतले निर्वाचित हुनुभयो ।
बोलाउँदा रामकुमार भनिएपनि उहाँको खास नाम चाहि निलन संजिवा श्रेष्ठ हो । भारतको छठौं राष्टपतिको नाम हो निलम संजिवा रेडी । कालिका स्कुलमा पढ्दा एउटै कक्षामा रामकुमार नाम गरेका तीन जना विद्यार्थी भएर पहिचान गर्न समस्या परेपछि शिक्षक तेजबहादुर गोदारले उहाको नाम फेरेर निलन संजिवा राखिदिनुभएको रहेछ । गोदार सर भारतिय राष्टपति संजिवाको कामबाट निकै प्रभावित हुनुहुँदो रहेछ रामकुमारले भन्नुभयो : ‘त्यसैले मैले पनि त्यस्तै प्रभावशाली काम गरोस् भनेर मेरो नाम निलम संजिवा राखिदिनु भएछ’ ।
भारतीय पूर्व राष्टपति निलम संजिवाले भारत छोड अभियानमा सरिक भएर स्वतन्त्र भारतको निर्माण गर्न योगदान दिनुभएको थियो ।

नेपाली निलन संजिवा भने आफ्नो गाउँ ठाउँका मानिसको समानता र न्यायको पक्षमा जुटिरहेका छन् । गोदार सरले मेरो नाम यसै संजिवा राखिदिनुभएको हैन जस्तो लाग्छ रामकुमार भन्नुहुन्छ : ‘म पनि न्यायपूर्ण समाजका लागि लडिरहेको र लड्न मन पराउने व्यक्ति हुँ’ ।
निलन संजिवा श्रेष्ठ तनहु पूर्कोट क्षेत्रमा आर्थिक रुपले सम्पन्न व्यक्तिमा पर्न हुन्छ । एउटा सामान्य चिया पसले आर्थिक रुपले कसरी सम्पन्न बन्यो, रामकुमारको सघर्षका पाटो रोचक छ । एसएलसी पास हुने बितिकै तत्कालिन साझा संस्थामा बिक्री सहायकको जागिर खानुभएका रामकुमारको भोक जागिरले मेटाउन सकेन । जागिरसंगै २०४३ सालतिर पूर्कोट गाविसको बाइसजघार बजारमा सानो चिया पसल खोल्नु भयो । यो पारिवारिक व्यापारकै एक श्रृखला थियो ।
व्यापारकै सिलसिलामा २०४४ सालतिर भारतको लखनउ पुगेर केही स्टिलको थाल र कचौरा ल्याई व्यापार गर्नुभएका रामकुमार दोस्रो पटक भारत जादा भने प्रहरी फन्दामा पर्नुभयो । बुवासंगै भारतमा समान किन्न जानुभएका रामकुमारलाई भन्सार तिर्नुपर्छ भन्ने कानुनी ज्ञान नहुँदा नेपाल भारत सिमानामा समातिनु पऱ्यो । ४० हजारको सामान जफत भएपछि बुवालाई नेपाल पठाएर रामकुमार भने भारतको विभिन्न शहरमा बरालिन थाल्नुभयो ।

खल्तीमा तीन सय रुपैयाँ लिएर भारतको विभिन्न शहर चाहार्दा रामकुमारले निकै सास्ती पाए । भोकभोकै हिडेकाबेला पुर्कोटकै पहलमान श्रेष्ठ, दिलबहादुर गुरुङ ंशिव पाण्डे भेटेपछि भने रामकुमारले अलि राहत पाए । भारतमा हण्डर खाएर फर्किएका रामकुमारले पैसा कमाउन ओमान जाने निधो गर्नुभयो । ओमानमा गएको ९ महिना नबित्दै बिरामी भएर स्वदेश फर्किएका रामकुमार २०४८ सालमा सिंगापुर जानुभयो । सिंगापुरमा गैरकानूनी रूपमा काम गरेको पाइएपछि  ६१ दिन जेल बस्नु पऱ्यो ।  सिंगापुरमा केही लाख पैसा कमाएपछि भने रामकुमारको आर्थिक हैसियत स्थिर हुन पुग्यो ।
सामाजिक सेवाको भाव धेरै मानिसमा आउँछ तर गरेरै छाड्ने चाहि कम हुन्छन् । अझ आफै उदारणिय बन्न त झनै गार्हो छ । रामकुमार चाहिँ यी तीनै कुराका संगम बन्नु भएको छ । तनहुँमा पनि जातिय छुवाछुत कायमै छ । कथित तल्लो जात र माथिल्लो जात भनेर समाजमा विभेद गरिन्छ । रामकुमारलाई यो कुरा फिटिक्कै मन परेको थिएन । यो प्रथा हटाउने कसरी ? आफ्नो छोराको विवहा कथित अछूत जातको युवतीसंग गरिदिएर उहाँले सुरु आफैबाट गर्नुभयो । यो विवहापछि रामकुमार समाजमा उदाहरणीय त बन्नु भयो तर, आफन्त, इष्टमित्र बाट भने वहिष्कारमा पर्नु भयो । काठमाडौमा भएको विवहा समारोहमा आफन्त कोही आएनन् । साथीभाईले भने राम्रै साथ दिए । छोराको विवहा भएको तीन वर्ष पुग्न लागेको छ, तर आफन्तहरुले अझै पनि पुजाआजामा निम्तो दिदैनन् रामकुमारलाई । तर त्यसले दुखी नभएको रामकुमार भन्नुहुन्छ, मैले सामाज परिवर्तनका लागि गरेको हुँ, कुनैदिन मेरा आफन्तले पनि बुझ्लान् नि ।

पूर्कोट गाविस वडा नम्बर ३ को अध्यक्ष बनेपछि रामकुमार कर्मदा विद्यालयको संचालक समितिको अध्यक्ष समेत भएर विद्यालयको चौतर्फी विकासमा जुट्नुभयो । विद्यालयको नयाँ भवन बनाउन रामकुमार कै योगदान रहेको छ । विद्यालयलाई नयाँ जग्गामा भवन बनाएर सार्दा मुद्दा मामिलासमेत झेलेका राकुमारको निरन्तरको प्रयासपछि नै कर्मदा विद्यालयले अहिलेको स्वरुप लिएको हो । कालिका उच्च माध्यमिक विद्यालयको बाइसजघारस्थित जग्गा विवादमा समेत रामकुमार विद्यालयको पक्षमा उभिनु भएको थियो । विद्यालयको जग्गामा बसेको वस्ती उठाउने विषयमा रामकुमारले विद्यालयको पक्ष लिएर जग्गा फिर्ता गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
गाउँमा हुने सबै जसो सामाजिक कार्यमा सरिक हुने रामकुमारको सहयोगी मन पनि छ । सामाजिक कार्यका लागि हुने चन्दा कार्यक्रममा आर्थिक सहायता गर्नेमा रामकुमार सधै अग्रस्थान मै रहनुभएको छ ।
अबको समय विकासको समय हो भन्ने बुझेका रामकुमारले सम्पन्न पूकोर्टको योजना बुन्न थालेको लामै समय भयो । पूर्कोटलाई विदेशीमुखी नभई स्वदेशमुखी बनाउने उहाँको योजना छ । सुरुवात आफ्नो पुख्यौली थलो डुम्रीखर्कबाट गर्ने तयारी छ । सुविधा सम्पन्न ठाउँ खोज्दै अधिकांश मानिस बसाइ सरेपछि डुम्रीखर्क सुनसान बनेको छ । विकास र सुविधा लगेर रामकुमारले डुम्रीखर्कलाई फेरी हराभरा बनाउने तयारी गर्नुभएको छ ।

पाउँदिढिकदेखि विमलनगरसम्म जलयात्रा सुरु गरि गाउका माझी र बोटे युवालाई रोजगार दिने उहाँको पुरानै सपना हो । पूर्कोटका विद्यालय, कलेज र स्वास्थ्य संस्थामा निशुल्क इन्टरनेट पुऱ्याउने उहाँको धोको छ । अहिले इन्टरनेटको जमाना हो रामकुमार भन्नुहुन्छ : ‘हाम्रा साना साना विद्यार्थीले इन्टरनेटमार्फत संसार हेर्नेछन् र विरामीले विश्वस्तरको स्वास्थ्य सेवा पाउनेछन् । गाउँमा आधुनिक कृषी सुरु गराएर उत्पादन बढाई गाउँलेको आर्थिक हैसियत बढाउन सकिने उहाँको विश्वास छ । गरे हाम्रै गाउँ ठाउँमा धेरै कुराको संभावना छ रामकुमार भन्नुहुन्छ केवल इच्छा शक्ति र मेहनतको खाचो छ । म यो गाउँलाई स्वर्ग बनाउन चाहान्छु’ ।

Published On: Time : 18:24:29  9046पटक हेरिएको

तपाईको प्रतिक्रिया