उपेक्षित वर्गको प्रतिनिधी कविता सङ्ग्रह युगको अवाज बजारमा

काठमाडौं । पत्रकार तथा कवि पवित्रा सुनारको कविता सङ्ग्रह ‘युगको आवाज’ लोकार्पण भएको छ । राजधानीको बागबजार स्थित होटल हार्दिकमा साहित्यकार तथा संस्कृतीविद् प्रा.डा. तुलसी दिवसले लोकार्पण गरेको हो । कविता सङ्ग्रह लोकार्पण पछि लोकार्पित कृतिबाट सुनारले ३ कविता वाचन गरेका थिए । वाचन गरिएका कविताहरुमा कृति प्रतिनिधि कविता ‘युगको अवाज’‘प्रिय भाई’ र हुरी चलेको सााझ शिर्षकका कविताहरुवाचन गरेका थिए ।कविताबाटै उनले महिला, दलित, र समाजमा उपेक्षित वर्ग प्रति विद्यमान विसंगतीहरु माथी चोटिलो प्रहार गरेकी थिइन् ।

कार्यक्रममा साहित्यकार प्रा.डा. दिवसले सुनारका कविता कृति पहिलो सङ्ग्रह भए पनि निकै खारिएका कविताहरु सङ्ग्रहित रहेको बताए । उनका कविताले सामाजिक संरचना भित्रको विकृती जातिय विभेद विरुद्ध आवज बुलन्द रहेको बताए । कार्यक्रममा बोल्दै प्रा.डा. दिवसले युगको आवाज कविता सङ्ग्रहले समग्र नेपाली महिलाहरुको प्रवृती, महिलाहरुमाथी हुने हिंसा विरुद्ध मात्र नभई लैंगिक विभेदको विरुद्ध आफुलाई उभ्याइएको बताए । कार्यक्रममा बोल्दै अतिथि प्रा.डा. भगवानचन्द्र ज्ञवालीले कविता कृतिले मानविय प्रवृती र त्यहाा भित्र रहेको विकृतीमाथीे ससक्त प्रहार गर्न सफल रहेको बताए ।

प्रा.डा. ज्ञवालीले उनका कवितामा जीवन भोगाई र ग्रामीण जीवनका तिता मिठा अनुभव पनि कविताको विम्वमार्फत उजागर भएको बताए । त्यस्तै साहित्यकार राजेन्द्र पराजुलीले नेपाली कवितामा सुनारका कविता किनारीकृत, परिचयहीन तथा थिचोमिचोविरुद्धको आवाज भएको बताए उनले आवाजरुपी आगोमा घिउ थप्न कवयत्री पवित्रा सुनार उभीएकी बताए । उनका कवितामा विद्रोहका साथै मान्छेको आत्मविश्वासलाई केन्द्रमा राखिएको पराजुलीको भनाई थियो । कार्यक्रममा अर्का कवि अभय श्रेष्ठले पवित्राका ६४ कविताको मुच्र्छनाले पाठकलाई मीठो रन्का दिने बताए । कविकाकतिपय कविता कविता दलित राजनीतिक अभियान पनि भएको धारणा राखे । अर्का स्रष्टा कवि तथा आख्यानकार जितेन्द्र रसिकले पवित्राका कविता आम भुाइमान्छेहरुको अवाज मात्र नभई महिला हिंसा, लैङ्गीक विभद र जातिय विभेदको पर्खाल भत्काउने शक्ती युगको आवाज कविता सङ्ग्रहका कविताहरुमा रहेको बताए ।

कवि गीता त्रिपाठीले पवित्रा दशक अघिदेखि नै कविताको क्षेत्रमा ससक्त हष्ताक्षर भए पनि ढिलो गरि प्रकाशन भएका उनका कृतिभित्र कविताको सामथ्र्य लिएर आएकी बताईन् । कार्यक्रममा स्रष्टा धनकुमारी सुनारले ‘युगको आवाज’ दलित र उपेक्षित वर्गको प्रतिनिधि कविता सङ्ग्रह रहेको बताए ।

तपाईको प्रतिक्रिया