जाजरकोटमा कुपोषणका कारण  एक बच्चाको ज्यान गयो

जाजरकोट– कुपोषण भएको बच्चालाई उपचार गर्नुको साटो धामीझाँक्री र झारफुक गर्न तिर लागेपछि जाजरकोटमा एक वालकको ज्यान गएको छ । जिल्लाको पजारु ९ पैरामका कर्णवहादुर नेपालीका डेढ बर्षका छोरा अनेगत नेपालीको कुपोषणले ज्यान गएको हो । वालकको तौल ५ के जी मात्र रहेको थियो । कडा कुपोषण भएका ति बालकको उपचारको साटो गााउघरमै धामीझााक्रीसाग झारफुक गर्ने गरिएका कारण उपचार नपाएर उनको ज्यान गएको स्थानीय खडग बुढाले जानकारी दिनुभयो ।

आर्थिक अवस्था नाजुक भएको नेपाली परिवारले बालकलाई उपचार गर्न जिल्ला अस्पताल लैजाने रकम जुटाउन नसकेको कारण बुढाको भनाई छ । जाजरकोटमा गाउँका स्वास्थ्य चौकी नाम मात्रका छन् सदरमुकाम र जिल्ला बाहिर उपचारको लागी लैजान निम्न आय व्यक्तिलाई सम्भव छैन ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा जाजरकोटमा ५ बर्ष मुनिका १७ हजार बालबालिका रहेका छन् ति मध्य ९ प्रतिशत बालबालिका कुपोषित र ३ सय बालबालिका कडा खाले कुपोषणबाट ग्रस्त भएको जिल्ला स्वास्थ्य प्रमुख धिरजंग शाहको भनाइ छ ।

तपाईको प्रतिक्रिया