यू–१६“नेक्सस् कप” क्रिकेट प्रतियोगीता २०७३ हुने

भक्तपुर– फागुन । “नेक्सस् कप २०७३” हुने भएको छ । नेक्सस् क्रिकेट एकेडेमी (एन.सी.ए.) को आयोजनामा हुन गैइरहेको “नेक्सस् कप” यू–१६ इन्टर एकेडेमी टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगीता आगामी चैत १५गते देखि बैशाख ५ गते सम्म काठमाण्डौमा हुने भएको हो ।
भक्तपुुरमा आज आयोजना गरिएको पत्रकार सम्मेलन प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिंग चरणमा ७/७ खेलहरु खेलिनेछन् ।

प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागी गराउने उद्देश्यले संचालन गरिएकोले सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया