स्पा थेरापी स्वास्थ्य र सुन्दरताको मेरूदण्ड हो : स्पा व्यवसायी गुरूङ

पछिल्लो समय नेपालमा ब्यूटी स्पाहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । विशेषगरी शारिरिक सुन्दरता कायम राखिराख्न सहयोग गर्ने स्पाका अरू पनि धरै फाइदा रहेका छन् । समय समयमा स्पा गर्नाले छाला सम्बन्धी रोग हट्नका साथै शरिर भित्रका पनि विभिन्न रोग निखार्न सहयोगी भूमिका खेल्ने यस क्षेत्रका विज्ञहरू बताउँछन् । काठमाडौंको लाजिम्पाटमा विगत एक बर्षदेखि सञ्चालनमा रहेको रोयल क्राउन ब्यूटी स्पाले छाटो समयमै ग्राहकहरूको मन जित्न सफल भएको छ । यस ब्यूटी स्पालाई बर्षौदेखि व्यूटी स्पाको क्षेत्रमा कार्य गरेर अनुभव बटल्नुभएकी अनुराधा गुरूङले सञ्चालनमा ल्याउनुभएको हो । गुरूङले बेलायत हङकङ लगायतका देशमा व्यूटी सम्बन्धी कोर्स र तथा ट्रेनिङ लिनु भएको थियो । नेपालकै ठूलो र सफा ब्यूटी स्पा मानिएको यस रोयल क्राउन ब्यूटी स्पमा विभिन्न पेसा ब्यवसायमा आवद्ध स्वदेशी तथा विदेशी गेष्ट आउने गरेका छन् । यस्तै विविध सन्र्दभमा रहेर रोयल क्राउन ब्यूटी स्पाकी सञ्चालक अनुराधा गुरूसँग नेपाल परिक्रमा सम्बाददाताले गरेको कुराकानी ।

– कसरी ब्यूटी स्पा थेरापीको क्षेत्रमा लाग्नुभयो ?
मलाई सानैदेखि सुन्दर रहन मन पथ्र्यो । मान्छेलाई प्रकृतिले दिएको रूपलाई सधै सुन्दर र मुलायम राख्नुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ । सुन्दर रहन खोज्नु भनेको स्वास्थ्य रहनु हो । जो मान्छेले आफ्नो स्वास्थ्यलाई ख्याल गर्छ उसले उसले आफ्नो नियमित सरसफाई, सुन्दरतालाई पनि ख्याल गरेको हुन्छ । हरेक मान्छे आफैमा सुन्दरता यही ब्यक्तिको सुन्दरतालाई जोगाई राख्न पाए हुन्थ्यो जस्तो मलाई लागि रहन्थ्यो यही भावनाबाट प्रेरित भएर म व्यूटि स्पाको क्षेत्रमा आइपुगे ।

– तपाईले ब्यूटी स्पा थेरापीबारे के कति अध्ययन गर्नुभएको छ ।
ब्यूटी स्पाकै क्षेत्रमा कार्यरत भएकाले आजसम्म जति व्यवाहारिक र सैन्द्धातिक ज्ञान पाए त्यसलाई नै मैले आफ्नो अध्ययन मानेको छ्ु । सैद्धान्तिक ज्ञानको रूपमा मैले बेलायतको फेडरिक एकेडेमिबाट ब्यूटी थेरापीमा स्नातक तह र हङकङमा एडभान्स मसाज ट्रेनिङ लिएको हुँ । यसपछि म विगत १० बर्षदेखि निरन्तर यही क्षेत्रमा क्रियाशील छु ।

– व्यूटी स्पा थेरापी भनेको के हो ? 
एकै वाक्यमा भन्नुपर्दा व्यूटी स्पा भनेको स्वास्थ्य र सुन्दरताको मेरूदण्ड हो । कुनै पनि व्यक्ति सुन्दर स्वास्थ्य रहन ब्यूटी स्पाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । ब्यूटी स्पामा विभिन्न विधिको प्रयोग गरेर मानिसलाई स्वास्थ्य र सुन्दर बनाइन्छ । ब्यूटी स्पा एक किसिमको थेरापी नै हो । व्यूटी स्पा गर्नाले गर्दा मानिसको छाला सम्बन्धि रोग, हाड जोर्नी सम्बन्धी रोग, मानिसको भित्री शरिरमा रहेका रोग निको हुन मद्दत पुग्दछ ।

– स्पा थेरापी  कसरी गरिन्छ  ?
विशेषगरी हाम्रोमा दुई किसिमको ब्यूटी स्पा थेरापी गरिन्छ । एउटा सोना स्पा र इस्टिम स्पा । यी दुवै किसिमका स्पा फरक–फरक तरिकाले गरिन्छ । सोना स्पा भोल्क्यानोबाट निस्केको ढुङ्गालाई १२ हजार भोल्टको तापले तताइन्छ र एउटा उडन रोममा त्यसको ताप फैलाइन्छ र त्यही तापमा मानिलाई पानीले भिजेको मानिसलाई पठाएर आधा घण्टासम्म ट्रिटमेन्ट गरेर स्पा गरिन्छ । त्यस्तै इस्टिम विधिमा एउटा रोमभित्र पानी उमालिन्छ पूरा रोम नै बाफमय बनाइन्छ र मान्छेलाई टावल जस्तो कपडा वेर्न लगाएर त्यहाँ पठाइन्छ । यो विधिमा पनि झण्डै आधा घण्टाको ट्रिटमेन्ट हुन्छ ।

–स्पा के को लागि गरिन्छ र यसबाट के–के फाइदा छन् ?
मुख्यत: स्पा स्वस्थ्य रहन गरिन्छ । स्पा गर्दा शरिरका अधिकांश मसलहरू क्रियाशील हुने भएकाले एउटा आनन्ददायी अनुभूति पनि यसले गराउँछ । मैले अघि पनि भनिसके स्पा गर्दा शरिरमा बर्षौदेखि रहेका विभिन्न प्रकारका रोग, छाला सम्बन्धी रोग र हाड जोर्नी सम्बन्धि रोग निको पार्न स्पाले सहयोगी भूमिका खेल्छ । मान्छेको शरिरलाई स्वच्छ र तन्दुरूस्त बनाउन पनि स्पाले महत्वपूर्ण भूमिका खेल्दछ । स्पा त्यति महँगो पनि छैन । सरल र सहज विधिबाट स्पा गरिने भएकाले यसबाट शरिरलाई कुनै किसिमको वेफाइदा पनि छैन ।

–अन्त्यमा नेपाल परिक्रमा मार्फत आम पाठकलाई के भन्न चाहनुहुन्छ ?

अन्तमा म आम पाठकलाई के भन्न चाहन्छु भने सधै काम–काम भनेर कुदेर मात्र पनि हुदैन । कहिल्यैकाँहि शरिरलाई आराम दिनु पनि पर्छ । अझ कम्तीमा महिनाको एक दिन स्पा गर्ने हो भने शरिरले नयाँ ताजकी पाउँछ । यदि समय छ भने म जो कोही पेसा व्यवसायका मान्छेलाई स्पा थेरापी मार्फत नयाँ ताजगी पाउनुहोस् भनेर सुजाउन चाहन्छु ।

तपाईको प्रतिक्रिया