पुराना गाडी हटाउने सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन हुन सकेन

काठमाडौ–काठमाडौं उपत्यकामा दिनप्रतिदिन वायुप्रदुषणको मात्रा बढिरहेको छ । उपत्यकामा बढदो वायु प्रदुषणको ४० प्रतिशत हिस्सा पुराना सवारी साधनका कारण हुन्छ । वातावरण विभागका अनुसार पुराना गाडीहरुले मानव स्वास्थ्यमा असर गर्ने १० प्रकारका हानिकारक प्रदार्थ फाल्दछ । गाडीको धुवामा हुने वेन्जिन, ग्यास, नक्स, सक्स प्रदार्थ प्रदुषण गर्नमा पहिलो नम्वरमा रहेको वातावरण विभागको भनाई छ ।

बढ्दो वायुप्रदुषणलाई कम गर्न भन्दै यातायात व्यवस्था विभागले २० वर्ष पुराना गाडी काठमाडौबाट हटाउने तयारी थालेको छ । विभागका अनुसार फागुन १ठ गतेदेखि २० वर्ष पुराना गाडी चलाउन पाइने छैन । तर विभागका अनुसार करिब २ हजारभन्दा बढि २० वर्ष पुराना गाडी रहेको भएपनि सडकमा भने तीन सय मात्र पुराना सार्वजनिक सवारी साधन चलिरहेका छन । त्यसोत पुराना गाडी हटाउने विभागको तयारी भने नयाँ होइन । पटक–पटक पुराना गाडी हटाउन सरकारले घोषणा गरेपनि कार्यान्वयन हुन सकेको छैन । स्वास्थ्यमा हानी पुर्‍याउने गाडी हटाउने सरकारी योजना कार्यान्वयन नगर्ने सरकारी प्रबृति रोक्नुपर्ने सर्वसाधारण बताउँछन् ।

यता बीस वर्ष पुराना सार्वजनिक सवारी हटाउने तयारी भइरहदा २० वर्ष पुराना सरकारी तथा निजी गाडी हटाउने योजना भने विभागसँग छैन । वायु प्रदुषणको प्रमुख कारण पुराना सवारीबाट निस्कने हानिकारक धुवा भएको वातावरण विभागले दाबी गरिरहदां सरकारको अर्को निकाय यातायात विभागले सार्वजनिक सवारी मात्रै हटाउने तयारी अपूर्ण देखिएको छ ।

तपाईको प्रतिक्रिया