गरे स्वदेशमै सकिन्छ भन्ने उदारण दिन सफल पिजा वल्र्डका जुजारू युवा, सञ्चालनको ६ महिनामै शाखा विस्तार

बाबुराम तिमिल्सिना–काठमाडौं । स्वदेशमै केही गर्नुपर्छ भन्ने जोसिला युवाहरूको सक्रियतामा सञ्चालन भएको पिजा वल्र्डले सञ्चालनको ६ महिनामानै  शाखा विस्तार गरी सञ्चालनमा ल्याउने भएको छ । पिजा वल्र्डले आफ्नो पहिलो शाखा ललितपुरको ५ कुमारीपार्टीमा विस्तार गरी सञ्चालनमा ल्याउन लागेको हो ।

पिजा वल्र्डको ललितपुर शाखा नेपालकै सफा र आर्कषक हुने कम्पनीको दाबि छ ।
आज भन्दा झण्डै ६ महिना अघि बर्षौदेखि पिजामा काम गरेर अनुभव बटुलेका जुजारू युवाहरूले शुरूवात गरेको पिजा वल्र्डले आफ्नो सफल ब्यापार कारण सञ्चालनको छोटो अवधिमै शाखा विस्तार गर्न सफल भएको हो । काठमाडौंको बौद्धमा करिब ३५ लाख खर्चेर शुरू गरेको पिजा वल्र्डले अहिले कुमारी पार्टीमा करिब ७५ लाखको लगानीमा शाखा विस्तार गर्न लागेको पिजा वल्र्डका व्यवस्थापक द्वय उद्धब खड्का र दीपक खड्काले जानकारी दिनुभयो । ‘ग्राहकरूले हाम्रो सेवा र गुणस्तरीयतालाई मन पराईदिनु भयो, यसैकारण पिजा वल्र्डले सञ्चालनको केही महिनामानै फड्को मार्न सक्यो’ पिजा वल्र्डका व्यवस्थापक दीपक खड्काले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

पिजा वल्र्डले अबको केही समयमै काठमाडौंको मध्य वानेश्वरमा आफ्नो मुख्य किचन सञ्चालनमा ल्याएर काठमाडौं उपत्यका भरिनै होम डेलीभरीको सुविधा दिन लागेको व्यवस्थापक दीपक खड्का बताउनुहुन्छ ।  अहिले पिजा वल्र्डले होम डेलिभरी र रेष्टुरेन्टमा गरेर दैनिक ५ सय जनालाई आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । मध्यबानेश्वरको मुख्य किचन र कुमारीपार्टीको शाखा सञ्चालनमा आइसेपछि दैनिक हजार भन्दा बढिलाई सेवा दिने लक्ष्य रहेको पिजा बल्र्डको दाबि छ । पिजा वल्र्ड नेपालकै सस्तो र गुणस्तरीय मानिएकाले पनि यहाँ पिजाका पारखीहरूको भीड लाग्ने गर्दछ । पिजा वल्र्डले विभिन्न ४७ प्रकारका पिजा ग्राहकलाई उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया