दिप्ती भट्ट– नेपाल क्यान्सर हस्पिटलले क्यान्सर रोगबारे जनचेतचा फैलाउने उदेश्यले पत्रकारसँग साक्षात्कार कार्यक्रम गरेको छ । हस्पिटलले मङ्गलबार विभिन्न सञ्चार माध्यमसँग आवद्ध पत्रकारसँग छलफल गरेको हो ।
छलफल कार्यक्रमा बोल्दै नेपाल क्यान्सर हस्पिटलका निर्देशक सुदिप श्रेष्ठले नेपाल अझैपनि क्यान्सर रोगबारेको जनचेतना सबै तहका मानिससम्म नपुगेका कारण क्यान्सर एक विकराल रोगकै रूपमा देखा पर्दै गएको बताउनुभयो ।
निर्देशक श्रेष्ठले क्यान्सर रोगबारे जनस्तरसम्म चेतना फैलाउने सके यसले क्यान्सर रोगको कारण हुने मृत्युलाई आधा भन्दा कम गर्ने धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट सहभागी भएका पत्रकारहरूले क्यान्सर सम्बन्धि विभिन्न जिज्ञासा राखेका थिए ।