गैरआवासीय नेपाली संघ महिला फोरमको गोष्ठी सम्पन्न

काठमाडौं–गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ । १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानककारी दिनुभयो ।
कार्यक्रमाा सञ्चय कोषका वीरेन्द्र मोहन अधिकारीले वैदेशिक रोजगारमा गएका कामदारहरुलाई सञ्चयकोषको दायरा भित्र ल्याउने भइरहेको जानकारी दिनुभयो । यस्तै सोही कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्राष्ट्रिय र गैरआवासीय नेपाली प्रर्वद्धन समितिका सभापति चन्द्र ढकालले नेपाली महिलाले विप्रेषणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै महिलाको क्षमता वृद्धिको लागि सीपमूलुक तालिमको जरुरी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया