ट्रम्पको समर्थन र विरोधका भएका प्रर्दशन हिसात्मक बने

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन तथा विरोधमा आयोजना गरिएका प्रदर्शन हिंसात्मक भएका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यको बेर्केली शहरमा ट्रम्पको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा सहभागी प्रदर्शनकारी तथा ट्रम्पको विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच झडप भएको हो ।

दुवै पक्षका प्रदर्शनकारीले एक अर्कामाथी लाठी र मरिचको धुलोले आक्रमण गरेको बताइएको छ । झडपका क्रममा तीन प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले झडपमा सहभागी ५ जनालाइ पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया