ब्लड क्यान्सर पीडित सुनिता तिमिल्सिना बचाउन अभियानमा सहयोग गरौ

बलराम तिमिल्सिना । कास्की–पोखरा उपमहानगरपालिका वडा नम्बर २६ मेथलाङ्गमा बस्ने सुनिता तिमिल्सिनालाई ब्लड क्यान्सर भएपछि अहिले स्थानीय विभिन्न संघ संस्था सुनिता बचाउ अभियानमा जुटेका छन् । पोखराको श्री अमरसिंह उच्च माविमा साइन्स संकायमा अध्ययन गर्दै आएकी १६ बर्षिय जेहेन्दार विद्यार्थी तिमिल्सिनालाई ब्लड क्यानसर भएपछि अहिले त्यस क्षेत्रका आमा समूह, युवा क्लब र टोल विकास संस्थाहरू सुनिता बचाउ अभियानमा लागेका हुन् ।

परिवारको आयस्तर निम्न भएपछि अहिले उनको स्वास्थ्य उपचारका लागि अभियान शुरू गरिएको जागृत युवा मञ्चका उपाध्यक्ष सन्तोष जिसीले नेपाल परिक्रममालाई जानकारी दिनुभयो । सुनिता बचाउको पहिलो अभियान अन्र्तगत अगामी फाल्गुन २९ गते पोखराको सेदीमा चर्चित गायक कर्णदासलाई बोलाएर साँस्कृतिक कार्यक्रम गर्न लागिएको जागृत युवा मञ्चका उपाध्यक्ष जिसीले बताउनुभयो । ब्लड क्यान्सरको पहिलो अवस्थामा रहेकी सुनिताको अहिले काठमाडौंको सिभिल हस्पिटलमा उपचार भइरहेको छ । उनको उपाचारको लागि झण्डै २० देखि २५ लाख लाग्ने अस्पताल स्रोतले जनाएको छ ।

सुनिता बचाउ अभियान अन्र्तगत उठेको रकम बैंक खाता मार्फत उनको परिवारलाई हस्तान्तरण गरिने यसै अभियानमा सक्रिय सामाजिक अभियन्ता रश्मी भण्डारीले बताउनुभयो ।

उनको उपचारका लागि सहयोग गर्न चाहनले पोखारामा जागृती युवा मञ्चका अध्यक्ष सन्तोष जिसीको मोवाइल नम्बर ९८६७८६१८९९ र काठमाडौंमा नेपाल परिक्रमा डट कमका सम्पादक बाबुराम तिमिल्सिनाको मोवाइल नम्बर ९८४९९०४२३१ मा सम्पर्क गर्न सक्नु हुनेछ । सुनिता बचाउ अभियान अन्र्तगत उठेको सम्पूर्ण रकम उनको परिवारलाई हस्तान्तरण गरी सहयोग गर्ने व्यक्तिको नाम र रकम सुनिता बचाउ अभियानको फेसबुक र अनलाइनबाट सार्वजनिक गरिने जागृत युवा मञ्चका उपा
ध्यक्ष सन्तोष जिसीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया