अन्तर्राष्ट्रिय नारी दिवस र नेपालको अवस्था

भावना मोक्ष – समाजवादी विचारधारा भएकी अमेरीकी लिना लुइसले सन् १९९० मा एउटा वक्तव्य निकाल्दै ूनारी दिवस भनेको कुनै कुराको उपलब्धिको खुशी मनाइएको होइन, तर यो दिन भविष्यमा पुरुषले नारी भन्दा आफूलाई उच्च मान्ने र नारी प्रति शासन जमाउने प्रथाको अन्त सम्मको लागि गर्न पर्ने संघर्षलाई निरन्तरता दिन संझाउने दिन होू भनेकी थिईन । तर यो तथ्यको बोलेको लामो समय बिति सक्दा पनि महिला र पुरुषबीचको भेदभाव शतप्रतिशत उन्मुलन भएको ठाउँ भेट्न भने गा¥हो पर्छ भन्दा फरक नपर्ला ।

विश्वमा महिला हकअधिकारको माग गर्दै भएको प्रारम्भिक आनदोलन तथा महिला अधिकारको संघर्षको दिनको रूपमा ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिन्छ । अमेरीकास्थित शिकागो शहरको एक कारखानामा महिला र पुरुष मजदूरबीचको ज्यालाको विषयमा महिलामाथि हुने लैंगिक विभेदलाई हटाई ज्याला समान हुनुपर्छ भन्दै १९०८ मार्च ८ को दिन शिकागो शहरमा समान हक र अधिकार माग्दै विशाल जुलुससहित महिला मजदुरहरुले आन्दोलन शुरु गरेको इतिहास हामी पढ्ने र सुन्ने गर्छौ । त्यसपछि सन् १९१० मा कोपेहेगनमा महिलाहरुको द्धितिय अन्तराष्ट्रिय सम्मेलनमा जर्मनी माक्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसको रुपमा मनाउने प्रस्ताव राखिन् र प्रस्ताव पारित पश्चात् १९११ देखि विश्वभरिका महिलाहरुले यो दिनलाई महत्वपूर्ण दिवसका रूपमा मनाउन थालेका हुन् । माक्र्सवादीहरुले सुरु गरिएको भए पनि यो दिवस संसारभरिका पुँजीवादी महिलाहरुले समेत मनाउँछन् । यस दिनलाई महिला अधिकार, महिला सशक्तिकरण र समानताका सवालसँगै सम्बिन्धित विशेष दिनका रुपमा पनि लिइन्छ ।
सर्वप्रथाम महिला दिवस १९०९ फेब्रुअरी २८ तारिखमा मनाइएको थियो भने सन् १९७० मा आएर अनतर्राष्ट्रिय स्तरमा महिला अधिकारको विषयमा भएको छलफलले निर्णायक मोड लिदै जाँदा संयुक्त राष्ट्रसंघको महासभाले १९७९ मा महिला बिरुद्धको सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धिको दस्तावेज पारित भयो र त्यो महिला मुक्तिका लागि कोशेढुंगो बन्यो । उक्त महासन्धिले लिगंको आधारमा सबै प्रकारको भेदभावलाई दण्डनीय रुपमा स्वीकार गर्यो । त्यस्तै सन् १९९५ को सेप्टेम्बरमा चिनको राजधानी बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनले महिला अधिकारका १२ बुँदे रणनीति सार्वजनिक गर्यो ।
विश्वपरिवेशको तुलनामा नेपालको महिला आन्दोलन भने अलिक भिन्न ढंगले अघि बढेको देखिन्छ । नेपालको महिलाहरु विशेषगरी राजनीतिक परिवर्तनबाटै सबै अधिकारको सुनिश्चितता हुने भन्दै त्यसैको निम्ति लडे र महिलाहरुकै सहभागितामा ती राजनीतिक आन्दोलनहरू सफल भएका पनि छन् । संघर्ष लामो समयदेखि चल्दै आए पनि आजसम्म नेपालको कतिपय ठाउँहरुमा महिला उत्पिडन भयावह अवस्थामा नै रहेको छ । महिला र पुरूष बराबरी भनिए पनि भूगोल, समाजिक परम्परा, संस्कृतिक लगायत धेरै प्रकारका भेदभाव र असमानताहरु अझै कायमै छन् । घर, टोल, समाज हुदै राज्य तहमै महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्ने चलन कायमै छ ।

दिनदाहडै बलात्कृत भएको र घरेलु हिसांको सिकार हुनुपरेको समाचारहरूले पत्रपत्रिकाका पानाहरु भ्रिन छोडेका छैनन् साथै घाँस दाउरा र चुल्होचौकोमा सिमित हुँदै अपमानित ढंगले हुने थिचोमिचो र समाजिक असुराक्षको गुनासो पनि हटेको छैन । यति मात्र होइन देशको राजधानीमै माहिलाहरुमाथि बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने, किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटनाका उदाहरणहरु हाम्रै सामु छन् नारी र पुरूष बराबरीको नारा जतिसुकै लगाइएतापनि आजसम्म व्यवहारमा भने हामी कमै मात्र देख्न सक्छौ । जति बुझ्यो उति गाह«ो भने जस्तै झनै आजभोली महिला हिंसका घटनाहरु दिनानुदिन बढ्दै गइरहेको तथ्यहरु हाम्रा अगाडि रहेको छ ।

आजभोलि देखासिकिको निम्ति दिने गरेको दाइजो प्रचलनले त यस्ता हिंसातमक गतिविधि हुनमा झनै महत्वपूर्ण भुमिका खेलिहेको देखिन्छ । विगत १०७ वर्षादेखि हामी महिला अधिकारका निम्ति धेरै संर्घषका कामहरु गर्दै आइरहेका छौ । फलता केहि सफलताहरु हात लागेका पनि छन् ।
त्यसो त हामी ठूला ठूला राजनीतिक संघर्षसंगै भएका परिवर्तनहरुलाई भने नर्कान सक्दैनौ । महिलाहरुमाथि हुने गरेका सबैखालको हिसां अन्त्य नभए पनि हुदै गरेको महिला विकासलाई सन्तुष्टिको रुपमा हेर्न सकिन्छ ।
२०६२–६३ को जनआन्दोलनपछि राज्यका सबै निकायहरुमा समावेशी नीति लागू गर्ने निर्णय भएपछि त्यही नीतिअनुसार अन्तरिम संविधानमा समावेशी समानुपतिक व्यवस्था लागु भएको छ र त्यस व्यवस्थालाई संविधानसभाबाट जारी भएको नयाँ संविधानले अझै स्पष्ट रूपमा उल्लेख पनि गरेको छ । राज्यका सबै निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान नै राखेको छ । प्रशासनिक निकायमा महिलाको पहुँच बढ्दै छ, त्यसैगरी राजनीतिक नेतृत्वमा पनि महिला मियो बनेका छन् ।

राज्यका मुख्य पाँच पद राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखमध्ये तीनवटामा महिला छन् । जुन लैंगिक प्रतिनिधित्वका हिसाबले अन्य मुलुकहरुका लागि उदाहरणीय बन्न पुगेको छ । राजनीतिक समीकरण, दलहरुमा रहेको पुरुष वर्चस्व तोड्दै राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती ती पदमा पुग्न सफल हुनुमा राजनीतिक योगदान र क्षमतासँगै समावेशी नीतिको पनि उतिकै भूमिका छ । राजनीतिक दलमा महिलाको पहुँच बढेको छ । लैंगिक समावेशीकरणका हिसाबले नेपाल विश्वका धेरै मुलुकहरुभन्दा माथिल्लो सूचीमा पर्छ । महिलाको राजनीतिक प्रतिनिधित्व धेरै प्रजातान्त्रिक छ जुन आफरुलाई विकसित ठान्ने मुलुकहरुको भन्दा उत्कृष्ट देखिन्छ ।
अन्तर्राष्ट्रिय पार्लियामेन्ट्री यूनियन (आईपीयू) ले गत जनवरीमा सार्वजनिक गरेको १ सय ९३ मुलुकको संसद्को प्रतिनिधित्व सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार हाल नेपाल ४८ औं नम्बरमा छ । अमेरिका, जापान, अस्ट्रेलिया, सिंगापुरलगायतका विकसित मुलुकहरूमा महिला प्रतिनिधित्वको अवस्था नेपालको भन्दा निकै तल देखिन्छ जुन हाम्रो लागि गर्वको विषय पनि हो ।
संयोग नै मान्नु पर्छ हालै मात्र एसियाली विकास बैंक (एडीबी) ले त महिला प्रतिनिधित्वको हिसाबले नेपाललाई ‘लिडर’ को संज्ञा दिएको छ ।

एडीबीले एसियाली देशहरूको सन् २०१६ को महिला प्रतिनिधित्वको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवदेनमा विभिन्न क्षेत्रहरुमा बढि महिला सहभागी गराउनेमा एक नम्बरमा नेपाल छ । एसियाका १६ देशको अध्ययनअनुसार नेपालको निकट फिलिपिन्स मात्र छ । सबैभन्दा ठूलो लोकतन्त्र भनेर चिनिने भारत यो सूचीको १२ औं नम्बरमा छ । कम्युनिष्ट शासन व्यवस्था भएका चीन, भियतनाम, लाओस बरु भारतभन्दा अघि छन् । यी प्रतिवेदनअनुसार नेपाल महिलाको प्रतिनिधित्व विस्तारका सवालमा अन्य मुलुकहरूका लागि पनि उदाहरणीय बन्दै गएको पुष्टि हुन्छ ।
“जहिले सम्म महिलाको आवाज सुनिदैन र त्यो आवाजको कदर गरिदैन, तबसम्म मुलुकमा सांचो प्रजातन्त्र आउदैन” (अमेरिकी राष्ट्रपतिय उम्मेद्वार सिनेटर हिलरी क्लीन्टन । यसकारण पनि नारी दिवसलाई मात्र एउटा दिवसको रुपमा नलिई समग्र महिलाहरुको समान अधिकार प्राप्तिको दिनका रुपमा लिनु जरुरी छ । जनसंख्याको आधा हिस्सा महिलालाई विकासको अग्रभागमा ल्याउन अझै पनि नीतिगत व्यवस्थाहरुमा सुधारको खाँचो छ । हरेक क्षेत्रमा महिला सहभागिताको सुनिश्चितता हुनु आवश्यक छ ।

जव सम्म दाजु भाई स्कूलमा पढ्न जादा सानु भाई हेर्नु परेर बिद्यालय जान नपाएकी रमा, आफ्नै काकाले जोगवनी घुमाउन लान्छु भनी सिमाना कटाएर कोठिमा बेचिन पुगेकी माया, सधै रक्सीले मातेर खलामा धान चुटेजस्तै चुटिने सुन्तली, माईतबाट दाइजो कम ल्याएकोहुदा सासु र लोग्नेको भनाई खादा खादा आफ्नै जीवन संग अघाएकी कल्पनाहरुको चित्कारलाई आवाज दिन सकिएन भने वर्षै पिच्छे जतिसुकै चर्को आवाजले “अन्तरराष्ट्रिय महिला दिवस “को जिन्दावादको नारा जतिसुकै खोके पनि यसको केहि अर्थ लाग्न सक्तैन ।

यसपालीको अन्तर्राष्ट्रिय नारी दिवसले विश्वको कुना कुनामा जन्मिएका तर त्यहाको मानसिक, शारिरिक नैतिक र सांस्कारिक रुपले बलात्कृत सवै दिदी बहिनीको पीडाको चर्को आवाज बन्न सकोस् र यस्तो आवाज फेरि कहिल्यै कतै पनि नसुनियोस् । शुभकामाना ।।

महिला अधिकारको क्षेत्रमा शसक्त कमल चलाउँदै आउनुभएकी लेखक गुरूङ त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारितामा विभागमा पत्रकारिता र आमसञ्चार विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ ।

Published On: Time : 11:49:56  1448पटक हेरिएको

तपाईको प्रतिक्रिया