होलीमा पोखरामा पर्यटकको मस्ती

पोखरा– पर्यटकीय शहर पोखरामा पर्यटकले एक आपसमा होली खेलेर रमाइलो गरेका छन् । पोखरा लेकसाइडमा आयोजना भएका कार्यक्रममा नेपालीहरु मात्रै नभई विदेशी पर्यटक पनि होलीमा रमाए ।

विदेशी पर्यटकहरु नेपाली संग होलीको शुभकामना साटासाट गर्दै रङ दल्न तल्लिन थिए । होलीको रंङ संगै पर्यटकहरु दिनभर नेपाली तथा अंग्रेजी आइटम गितहरुमा कम्मर मड्काए । नेपाली युवायुवाति संगै विदेशी पर्यटक पनि तालमा ताल मिलाउन व्यस्त देखिन्थे । पर्यटकिय नगरी पोखराको लेकसाइडका विभिन्न चोकचोकमा पर्यटन सम्बन्धि विभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया