कुनै नायक भदा कम छैनन् पोखरेली मोडल अनिस कार्की

पोखरा– पोखरेली मोडेल अनिष कार्की झट्ट हेर्दा कुनै नायक भन्दा कम छैनन् । गोरो चकलेटी अनुहार भएका कार्की हेर्दा पनि उतिकै आर्कषक छन् । पछिल्लो समय मोडलिङ मार्फत आफ्नो यात्रा तय गरिरहेका कार्कीको सोच अब फिल्मको नायक बन्ने छ ।

मेघा मोडल पोखरा २०१६ का विजेता कार्कीले राहुल मुखर्जीको तिमि मनमा मेरो म्यूजिक भिडियोमा लिड रोलमा रहेर अभिनय गरिसकेका छन् । करिअर शुरूवातको केही समयमै उनी म्यूजिक भिडियो मार्फत फड्को मारिसकेका छन् ।

उनलाई अहिले विभिन्न गीतको लागि मोडलिङ अफर पनि आइरहेको छ ।

समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका कार्कीको अब पढाइ सकेर फिल्मी क्षेत्रमा सक्रिय रहने योजना छ ।

मोडलिङ यात्राको छोटो समयमै थुप्रै फ्नान फ्लोरअस कमाएका कार्की आफ्नो प्रस्तुती पछि दर्शकले दिने प्रतिक्रियाले कलाकारिता र मोडलिङ क्षेत्रमा लाग्न हौसला मिलेको बताउनुहुन्छ ।

Published On: Time : 15:43:20  2031पटक हेरिएको

तपाईको प्रतिक्रिया