सरकारले हात्तीपाइले विरूद्धको औषधी खुवाउने

काठमाडौं– ३० जिल्लामा सरकारले आगामी चैत महिनामा हात्ती पाईले रोगको औषधि खुवाउने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय हात्तीपाईले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम अन्र्तगत दुई चरणमा गरी ३० जिल्लामा औषधी खुवाउन लागेको हो ।

महाशाखाले सोमबार पत्रकार सम्मेलन गरि औषधी खुवाउने समय र तालिकाबारे जानकारी गराएको हो । हात्ती पाईलेको औषधी चैत ५ ,६ र ७ गते भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पांचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बााके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला जिल्लामा खुवाईने छ ।

त्यसैगरी बााकी ५ जिल्ला मध्ये झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा चैत १७, १८ र १९ गते खुवाउने पनि महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खुवाईने भएकाले आम औषधि सेवन कार्यक्रममा १० हजार ४ सय ४९ स्वास्थ्यकर्मी र ५४ हजार ६ सय ६६ जना स्वास्थ्य स्वयं सेवकहरु परिचालन गरिने भएको छ । त्यसका लागि ४० करोड रुपैयाा खर्च हुने पनि महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया