संघीय बजेट कटाउने ट्रम्पको योजना

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संघीय कार्यक्रमबाट खर्च कटाएर अमेरिकी रक्षा बजेट बढाउने योजना बनाएका छन् । अमेरिकाको वातावरण संरक्षण निकाय, स्टेट डिपार्टमेन्ट तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएडको बजेट कटाएर अमेरिकी सेना तथा मेक्सिकोको सीमानामा पर्खाल लगाउने कार्यक्रममा बजेट वृद्धि गर्ने ट्रम्पको योजना छ ।

ट्रम्पको घोषणामा स्टेट डिपार्टमेन्टको साविक खर्चबाट १० दशमलव ९ अर्ब डलर खर्च कटाउने र अमेरिकी वातावरण संरक्षण नियोगबाट २ दशमलव ६ अर्ब डलर खर्च कटाउन संसद्लाइ आग्रह गर्ने ह्वाइट हाउसका बजेट निर्देशक मिक मुल्भनेले जनाएका छन् । ट्रम्पको योजनामा आप्रवासीलाइ पक्राउ तथा देशनिकाला गर्नका लागि थप कर्मचारी र प्रहरी नियुक्त गर्न होमल्याण्ड सेक्युरिटीको बजेटमा ६ दशमलव ८ प्रतिशतले वृद्धी गर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया