हरिबहादुर थापा मगरको अध्यक्षतामा सिफल कराते डो प्रतिष्ठानको स्थापना

काठमाडौं– कराते खेलको विकास, विस्तार र प्रर्बद्धन गर्ने उदेश्यले बर्षौदेखि कराते खेलसँग आवद्ध व्यक्तिहरूको संलग्नतामा काठमाडौंमा सिफल डो कराते प्रतिष्ठानको स्थापना भएको छ । काठमाडौं जिल्ला खेलकूद विकास समितिमा दर्ता भएको यस प्रतिष्ठानको अध्यक्षमा, हरिबहादुर थापा मगर, उपाध्यक्षमा विशाल विक्रम अधिकारी, हिक्मत थपलिया र इन्द्र बज्रचार्य रहनुभएको छ ।

त्यस्तै प्रतिष्ठानको सचिवमा शिला खड्की, सह सचिवमा द्रोणकुमार पौडेले र कोषाध्यक्षमा सन्देश तमाङ रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा अनिमेशलाल श्रेष्ठ, बुद्धिमान तमाङ, पूर्णबहादुर श्रेष्ठ, क्षितिज थापा मगर, ऋषिता देव, दिवाकार न्यौपाने, धनबहादुर घर्ती र दिपेश थापा रहनुभएको छ ।

यस प्रतिष्ठानले अब छिट्टै नै विभिन्न योजना बनाएर अघि बढ्ने अध्यक्ष हरिबहादुर थापा मगरले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया