काठमाडौं– अब राष्ट्रिय दल बन्नको लागि समानुपातिकमा कुल मतको ३ प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नैपर्ने भएको छ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धि बिधेयक पारित गरेको हो । यो विधेयक पारितभएसँगै एक सिटै साना दललाई झड्का लागेको छ । साना दलको विरोधकाबीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहितको राजनीतिक दलसम्बन्धि विधेयक बहुमतले पारित गरेको हो ।
समिति अन्तरगतको उपसमितिले नै राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने र प्रत्यक्षतर्फ एक जना सांसद हुनै पर्ने निर्णयलाई समितिको बैठकले अनुमोदन गरेको हो । साना दलले विरोध गरेपछि समितिले थ्रेस होल्ड हटाउने फरक मत सहितको राजनीतिक दलसम्बन्धि विधेयक पारित गरिएको समितिका सभापति दिलबहादुर घर्तीले जानकारी दिनुभयो । साना दलहरुको असहमतिकै कारण राजनीतिक दलसम्बन्धि विधेयकबारे सहमति जुटाउन समितिले कााग्रेस सांसद आनन्दप्रसाद ढुंगाना नेतृत्वको उपसमिति गठन गरेको थियो ।
संशोधन कर्ता सांसदहरु, निर्वाचन आयोगका प्रतिनिधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका पदाधिकारी तथा विज्ञहरुसाग दफावार छलफल गरी तयार पारिएको प्रतिवेदन समितिको बैठकले फरकमतसहित अनुमोदन गरेको उपसमितिका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।