चीन भ्रमणमा तातोपानी नाखा खोल्ने पहल गर्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा तातोपानी नाका खुलाउन चिनीया राष्ट्रपति सी जिङपिनसँग आग्रह गर्ने बताउनुभएको छ । चीन भ्रमणका क्रममा उच्चस्तरिय कुटनीतिक पहलबाट तातोपानी नाका खुलाउन पहल गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

सिन्धुपाल्चोकका व्यवसायीहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले तातोपानी नाका खोल्न चिनियाँ राष्ट्रपति सिसंग आग्रह गर्ने बताउनुभएको हो । उहाँले तातोपानी नाका र अरनिको राजमार्ग नेपाल–चीन सम्वन्धको प्रतिक भएको उल्लेख गर्दै तातोपानी नाका खोल्ने विषय र अरनिको राजमार्ग विस्तार चीन भ्रमणको मुख्य एजेण्डामा राखेको जानकारी समेत दिनुभयो ।

प्रधानमन्त्री दाहालले तातोपानी नाका मुलुकको समग्र आर्थिक विकाससंग जोडिएको विषय भएको भन्दै नाका खुलाउन विशेष पहल गरिने आश्वासन दिनुभयो ।

तपाईको प्रतिक्रिया