एजेन्सी–सामाजिक सञ्जालमा आफ्नो हरकतको भिडियो सार्वजनिक भएपछि भारतका चर्चित हास्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्या बढ्न थालेका छन् । गत शुक्रबार एयर इन्डियाको विमानबाट अस्ट्रेलियाको कार्यक्रम सकाएर कपिलसहित उनको टिम भारत फर्किरहँदा रक्सीले मातेका कपिल आफू भन्दा अघि अरुले खाना खाएको भनेर रिसाएका थिए । आफूले खानुभन्दा अघि अरुले किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएका थिए । उनी कराएपछि उनका टोली सदस्यले प्लेट फर्काएका थिए ।
रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए । यही घटना सामाजिक सञ्चाल र सञ्चार माध्यमबाट बाहिरिपछि अहिले कपिलका खराब दिन शुरू भएका हुन् । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसाग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए ।
सुनिल ग्रोवरले कपिलको कार्यक्रम छाडिसेका छन् । उनी लगत्तै अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेका थिए । कार्यक्रमका महत्वपूर्ण तीन सदस्यले छाडेपछि कपिल एक्लिएका छन् ।