नायिका बर्षालाई मायामा पारे मोडल रविले

काठमाडौं– तिम्रो पाउजु बोलको गीतको म्यूजिक भिडियोमा अभियन गरेर दर्शकको मन जित्न सफल भएका मोडल रवि सिंह फेरी काली काली गीतको म्यूजिक भिडियो मार्फत दर्शक माझ छाएका छन् ।

रमेश संग्रौलाले निर्देशन गरेको यो म्यूजिक भिडियोमा मोडल रविलाई साथ दिएकी छिन् अहिलेकी चल्तीकी नायिका बर्षा शिवाकोटीले । गायक कृष्ण घिमिरेको स्वरमा रहेको गीतलाई रबि र बर्षाको अभिनयले झनै आर्कषक बनाएको छ ।

ललितपुरको गोदावारी र काठमाडौंंको भन्द्रकालीमा सुटिङ गरिएको यस गीतको म्यूजिक भिडियोमा रविले आफ्नी प्रमिका कालीलाई फकाउन हरतरहले कोषिश गरेका छन् । प्रेममा आधिरित यो गीतमा मोडल रविले कालीको भूमिकामा रहेकी बर्षालाई आफ्नो मायामा पार्न सफल हुन्छन् ।

तपाईको प्रतिक्रिया