महर्षि स्कुलमा विद्यालय स्तरीय कराते प्रतियोगीता हुने

काठमाडौं– सामाखुसीको पवित्रनगरमा रहेको महर्षि स्कुलमा आउँदो चैत २६ गते प्रथम महर्षि अन्तरविद्यालय सोतोकान कराते प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरीय प्रतियोगितामा २४ वटा विद्यालयका २ सय ३३ विद्यार्थी सहभागी हुने आयोजकले बताएको छ ।

१८ स्वर्ण, १८ रजत र ३६ कास्य पदका लागि प्रतियोगिहरू भीड्ने छन् । प्रतिगोगितामा उत्कृष्ठ पुरूष र महिला खेलाडीलाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने नेपाल सोतोकान कराते संघका सचिव समेत रहनुभएका प्रतियोगिता संयोजक हरिबहादुर थापा मगरले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

विद्यालयको प्राङ्गणमा हुने यो प्रतियोगीतमा अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगीतामा पदक विजेता सोही विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

तपाईको प्रतिक्रिया