एमालेबाट युवा उम्मेद्धार शैलेन्द्र राउत मेयर पदका लागि सिफारिस

ललितपुर– १६ बर्षको कलिलो उमेरबाटै एमालेको सक्रिय राजनीतिमा होमिनुभएका शैलेन्द्र राउत एमालेका तर्फबाट ललितपुरको महालक्ष्मी नगरपालिकाको लागि मेयर पदमा सिफारिस हुनुभएको छ । एमालेको गाउँ कमिटीमा सदस्य हुँदै क्षेत्र स्तरमा समेत सदस्यको रूपमा लामो समय काम गर्नुभएका राउत महालक्ष्मी नगरपालिकामा मेयरका लागि सिफारिस भएका मध्येमा एक मात्र युवा उम्मेद्वार हुनुहुन्छ । स्थानीय तहको चुनावी माहोल बढिरहेको सन्दर्भमा युवाप्रति जनताको आसा र भरोसा पनि बढ्दै गएको छ ।

यही आसाको एउटा पात्र बन्न सफल राउत आफू नगरपालिका मेयर बनेपनि नबनेपनि आफ्नो क्षेत्रको विकास हरपल खटिने दाबि गर्नुहुन्छ । राउत भन्नुहुन्छ ‘मेयरमा पाँच जनाको नाम सिफारिस भएको छ, हामी मध्येमा मेयर बन्ने एक जना नै हो, मेयर भइएला या नभइएला तर आफ्नो क्षेत्रको विकासमा म हिजोपनि आफ्नो ठाउँबाट प्रतिबद्ध थिए, आज पनि छु’ । मेयरको पदको उम्मेद्वारको लागि खडा भइसकेपछि आफूसँग आफ्नो नगरपालिकाको विकास लागि मुख्य रूपमा ११ एजेण्डा रहेको राउत बताउनुहुन्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बैकिङ, यातयात, रोजगारी, आवासीय व्यवस्थापन, उर्जा, वातावरण, पर्यटन र खेलकूदको क्षेत्रको विकासलाई आफूसँग बलिया योजना रहेको मेयर पदका प्रत्यासी राउत बताउनुहुन्छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल वडा नम्बर १ स्थायी ठेगाना भएका राउत तत्कालीन कांग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा रहेको सरकारमा गृहमन्त्री रहनुभएका एमाले उपाध्यक्ष बामदेव गौतमका स्वकिय सचिव समेत हुनुहुन्थ्यो ।

Published On: Time : 20:39:23  4419पटक हेरिएको

तपाईको प्रतिक्रिया