आँखै अगाडि मनास्लु, धर्तीको स्वर्ग

सरोज खड्का–आरुघाट.. आरुघाट.. आरुघाट.. भन्दै एउटा रातो वस आयो । कलङ्की वाट थानकोट जाने बाटो तिर वस रोकीयो जहाँ हामी आरुघाट जाने बस कुरेर बसेका थियौ । कहाँ जनेहो दाई भन्दै सहचालक हामी छेउ आईपुगे । कालो वर्णको लामो कपाल अनी कपालमा रातो रंग भरेका शहचालकले हतार हतार हाम्रो झोला समातेर वसको छतमा राखी हाले । हसीलो चेहेरामा मुस्कानका साथ हामीलाई शहचालकले सीटमा बस्न अनुरोध गदै थीए लाग्थ्यो ट्राफीक प्रहरीको मुस्कान सहितको सेवा वाला अभियानमा यो वसका सहचालक पनी सहभागी थिए । तर हामी वसभाडा छिनोफानो गरेर मात्र वसमा चढ्ने निधो गरेका थियौ । हामिले सहचालकलाई वसभाडा सोधेका मात्र के थियौ उसले उही मुस्कानमा जवाफ दिए “तपाईहरुको आफ्नै वस हो भाडा नदिए पनी हुन्छ” हामी पनी फुरुक्क पदै सीटमा बसीउ । कलङ्की बाट वस हुँइकीयो धादीङ को आरुघाट तफ। वस आफ्नो गतीमा हुँइदै गर्दा हामी भने गफमा मस्त भयौ । म पहिलो चोटी पैदल यात्रामा मनास्लु क्षत्र जन लागेको हुनाले एकदमै उत्सुक भएर पेमा जी लाई बाटोको वारेमा सोधिरहेको थिए र उ पनी मलाई सब्रकुरा कन्जुस्याई नगरीकन जानकारी दिदै थिए । पेमा जी मेरा एकदमै मिल्ने शाथी हुन आम्रो मित्रता करी तीन वर्ष आगाडी मनास्लु यात्रा बाटने सुरु भएको थियो तर त्यो बेला हामी हेलिकप्टरको थात्रा मा थियौ । उनी मनास्लु क्षत्रका बासीन्दा हुन । उनको घर नुभ्री उपत्यका (मानास्लु क्षत्रमा पर्ने चार वटा गा. वि. स. विहि, प्रोक, ल्हो र सामा) को प्रोक ७ मा पर्छ । उनी त्यस क्षत्रका प्रख्यात गाएक पनी हुन । उनले त्यसक्षत्रको स्थानिय भाषामा लगभग २ दर्जन जती गीतलाई आफ्नो स्वर दिएर नुभ्रीका एक्ला र प्रख्याात गायकमा नाम दर्ता गराएका छन । हसिला, फुर्तीला पेमा ढुन्डुप लामा त्यस क्षत्रका होठल ब्यवसायी र समाजसेवी पनी हुन । नुभ्री क्षत्रमा कसैलाइ सारो गारो अफ्ट्यारो पर्दा सबैले उनलाई सम्झिन्छन र जो कसैलाई सहयो गर्न उनी हिचकिचाउँदैनन् ।
ल खाना खानुस है १० मिनेट भन्दा गाडि रोक्दैन । सहचालकले सबैलाई अनुरोध गदै घन्कीरहेको गीत बन्द गरे । पेमा जी ले तुरुल्तै जवाफ फर्काए १० मिनेटमा खाना कती खानु ? सहचालकले त्यहि मुस्कालमा भने मजाले खाएर आउनु तपाईलाई चोडेर जाँदैन गाडी ले । अकिट चाँडो गर्नुहोस भरे पुग्न गारो हुन्छ । धादिङको गल्छीमा रोकीएको थियो वस ।  त्यासम्म महेन्द्र राजमार्गको पक्की सडक र त्यसपछी लगभग ७ घण्ठाको बाटो कच्ची थियो । हतार हतार खाना खाएर हामी आफनो स्थानमा बसीउ । वसमा गीत घन्कीयो अनी दौडीन थाल्यो दौडीन के भनम कच्ची बाटोमा हिँड्न थाल्यो म हाफ्नो क्यामेरा निकालेर दृष्यहरु खिच्न थाले । वसमा सबैजना आफ्नै सुरमा थिए । पेमा जी पनी निदाएछन । प चाहि पहाड, ज्गल, खोल्सा बाटोमा जे भेटिन्छन क्यामेरामा कैद गदै थिए । भोलीबाट ४ दिन हिड्नुपर्ने कुरा पेमाजीले जानकारी गराईसकेकाले म त्यहि ४ दिने पैदल यात्राको बारेमा सोचीरहेको थिए ।
गाँउको बाटो भएकाले स्थानिय मानिसहरुलाई चढाउदै ओराल्दै गुडीरहेको थियो वस । स्पिकरमा आफ्नै धुनमा गीत घन्कीहेको थियो म आफ्नै सुरमा रमिता हेदै फोटो खिच्दै थिए । शाँझ ५ बजे आरुघाट पुगीयो   । रात नपरीसकेकोले हामी अझै अगाडी जाने निर्णय गरेर अगाडी बढ्यौं । अरुघाट देखि १ः३० घण्टामा सोती भन्ने ठाउमा पुगीन्छ । सोती पुग्नलाई हामी अर्को वस चढ्यौ । वसमा प्राय यात्रुहरु मानास्लु क्षत्रका वा त्यो ठउमा जान हिडेका थिए । धेरैजना यात्रु हामीले चिनेका मानिसहरु थिए र हामी खुशी हुदै सोती तर्फ लाग्यौ । लगभग १ घण्टामा सोती पुगीयो । धादीङ र गोरखाको सीमानामा पर्ने सोती बजार गोरखाको उत्तरी भेगका बासीदाको नजीकको बजार हो । यो बजार बाट नुभ्री उपत्यका पुग्न कम्तीमा ५ दिन लाग्छ । कोहि आफ्नो झोला बोकेर बास खोज्न थाले, कोही कीनमेल तिर लागे अनि हामी पनी एउटा होटलमा छिरीउ । पैदल मार्ग हुदै मनास्लु जाने हरुको लागी यही ठाउ वस यात्राको अन्तीम विन्दु भएकाले यहाँ खान बस्नको लागी राम्रै सुविधा भएका होटलहरु छन । दिनभरीको वसको यात्राले थकित शरीर लिएर होटल छिरेका हामी बिहान सबेरै उठेर यात्रा सुरु गर्ने सर्तमा खाना खाएर सुत्यौ ।
विहान झिसमीसै उठेर यात्राको लागी तयार थियौ हामी । चिया र थोरै खाजा खाएर हामे यात्रा सुरु भयो बिहान ६ बजे । पेमा जी आफ्नो घर जाने भएकोले लागभग २५÷३० कीलो को घरायसी समानको भारी थियो अनि मेरो पनी लगभग १२ कीलो जती थियो ।
२ वर्ष अगाडीको भुकम्पको केन्द्रविन्दु भएर धेरै नै क्षती पुु¥याएको जिल्ला गोरखा त्यसमाथी बाढी र पहिरो ले पदमार्गमा धेरै नै क्षती पु¥याएको रहेछ । धेरै ठाउमा सुधार गरीएको भए ता पनी केही ठाउमा धेरै नै जाखीम पुर्ण नै थियो बाटो । पदमार्गका केही ठाउहरुमा सुधारका कामहरु भइरहेको पनी देख्न सकिन्थ्यो तर बाटोको अवस्था जस्तो भएपनी जती वाधा वेवधानहरु भएपनी आफ्नो गन्तब्यमा पुग्नु हाम्रो लक्ष्य थियो । बाटोमा भेटीएका मान्छेहरुसंग रमाइला गफ गदै सुन्दर दृष्यहरु हेदै बेलुका तातोपानी भन्ने ठाउमा पुग्यौ । मौसम चिसो चिसो नै थियो दिनभरीको हिडाइको थकान मेटाउन तातोपानीमा नुहायौ । यहाँ दुइवटा धारामा तातो पानी आउछ । यती तातो छ की चिसो पानी नमीसाई नुहाउन सकीन्न । दिनभरीको थकानलाई चट्टै बनाइदिने तातोपानी नुहाई अनी त्यहाको जती खाएपनी खाउ खाउ लाग्ने स्थानिय परिकारहरु साँचिकै बिर्सन सकीन्न । पमहुनालाई स्वागत स्वरुप स्थानिय क्लव सास्कृतीक प्रस्तुती गर्दा रहेछन । केहिबेर स्थानियको सास्कृतीक प्रस्तुतीमा रमाएर हामी सयन कक्ष तिर लाग्छौ ।
भोलीपल्टको हाम्रो यात्रा सुरु हुन्छ…
आँखा अगाडी देखिने सुदर र मनमोहक दृष्य हरुले हिडाइको थकान महसुस हुँदैन । काली गण्डकीको बेगीलो सुर, चरा चुरुङगीहरुको आवाज संग सहभागीता जनाउदै यात्रा गर्नुमा यहाँ बेग्लै खालको आनन्द महसुस गर्न सकीन्छ । यात्रामा भेटिएका मानीसहरुसंग भलाकुसारी गदै गण्डकीको दाया—बाया गदै बेलुका फिलीम पुगीन्छ ।
गन्तब्यमा पुग्ने लक्ष त छँदै छ । यात्रामा आउने जस्तासुकै अफ्ट्यारा परिस्थिती पनी सहज बनाउदै भिडियो तथा फोटो हरु खिच्दै यात्रालाई यादगार बनाउँछौ । साच्चिकै स्वर्ग तिर हिडे जस्तो अनुभव हुन्छ त्यहाँका हरियाली पहाड अनि पहाड पछाडिवाट हामिलाई लुकेर हेरिरहेका हिमालहरु देख्दा । जती जती हिमालका चुचुराहरु नजिकीदै जान्छन त्यती त्यती मनमा ब्यग्रता आउछ जती सक्दो चाँडो त्यहाँ पुग्न मन लाग्छ । फिलीमबाट बिहानको खाना खान जगत भन्ने ठाँउमा पुगियो । गजतबाट मनास्लु संरक्षण क्षत्र सुरु हुन्छ । पाहुनालाई स्थानिय खाना खुवाउन यहाँका होटल व्यवसायी हरु हर तरहले लागी परेका देखिन्छन । आफ्नोमा आएका पाहुनालाई कसरी खुसी बनाउन सकिन्छ भन्नेमै ब्यस्त हुन्छन । स्थानिय होटेल ब्यवसायी भन्छन “हाम्रोमा आउने पाहुनालाई राम्रो खाना र वासको ब्यवस्था कर्न हामिले कुनै कसर बाँकि राख्दैनौ । बिदेशी पाहुना त झन पाहुना भइहाले नेपालीहरुले त झन आफ्नै घरमा बसेको अनुभन गर्छन ।” साँच्चिकै हामिले पनी त्यहि अनुभव गरेउ ।
लगभग दुई बजे नुभ्रीको सुरुवाती गाउँ ड्याङ भन्ने ठाउमा पुगियो । समुन्द्री सतहदेखि १८५० मिटरको उचाईमा रहेको यो गाँउसम्म पुग्न सामान्य स्वास्थ्य भएका मानिसलाई गाहृो हुदैन । आजको दिन हामी बिहि फेदीमा बस्ने निर्णय गर्दै त्यहाँबाट बाटो लाग्यौ । मौसमले साथ नदिएकोले हामिले सुद्यर दृश्यहरु कयद गर्न पाएनौ ।
विही फेदीबाट दाहिने पट्टि लाग्यो भने प्रोक गाउँ हुदै कालतालसम्म पुग्न सकिन्छ । जुन ठाउँदेखि मनास्लु,हिमालचुली गणेश लगाएतमन हिमसृङखलाहरु नजिबाट अवलोकन गर्न सकिन्छ । हिउँदका ३÷४ महिना बरफ बनेर बस्ने यो ताल २७५० उचाइमा छ । आजभन्दा दुईवर्ष अगाडि यो तालमा एउटा बृत्तचित्र छायाङकनको क्रममा पुगेका थियौं हामी । त्यसै गरी विही फेदि बाट देब्रे पट्टि लागीयो भने विही गाउँ हुँदै नुभ्रीको धार्मिक स्थल सेराङ गुम्बामा पुग्न सकिन्छ । चारै तिरबाट हिमालहरुले घेरीएको यो ठाउँको छुट्टै धार्मिक तथा सास्कृतीक महत्व छ । सेराङगी हिमालको काखमा रहेको यस ठाउँको उचाई समुन्द्र सतहदेखि ३८०० रहेको छ ।
हाम्रो गन्तब्य मनास्लुको दर्शन भएकोले हामि सीधै मनास्लु हिमाल तर्फ लम्कीयौ । हाम्रो शाथि पेमा ढुन्डुपको गाउँ हुदै ३ घण्टाको यात्रापछि हामि लोङगाछुता भन्ने ठाउँमा जहा उसको होटल रहेको छ । २२३० मिटर उचाइमा रहेको यो ठाउँमा बुढी गण्डकीमा ढुङगाको प्राकृतिक पुल, अगाडी जङगलमा नाउर र झोेरल चरेको दृष्य अनि भिरमा भिर माहुरी ईत्यादी कुराहरु होटलको झ्यालबाट हेर्न सकिन्छ । चारदिनको लगातारको हिडाईलाई एकदिन बिश्राम दिएर भोलीपल्ट उकालो लागीयो । बुढिगण्डकिको छङ छङ आवाज संगै आउने चिसो हावाको सुस्केरा पछ्याउदै दुइघण्टाको हिडाइपछी नाम्रुङ गाउँ पुगीन्छ । ठुला ठुला पहाडहरुको बिचमा रहेको यो गाउँमा अत्याधुनिक सुविधा सम्पन्न होटलहरु रहेका छन । कुनै सञ्चालनमा छन त कुनै निर्माढाधिन अवस्थामा छन । आफ्नो सीधै माथी हिमाल अनी हिमालबाट बुर्कुसी मादै झरेकाझरनाहरु देख्दा यो ठाउँ छोडेर जान मन लाग्दैन ।
केहिबेरको बिश्राम र खाना पछि हामी अगाडि बढ्यौं । भञ्जम हुँदै उकालो लागेपछी ल्ही गाउ पुगीन्छ । लगभग २८०० मिटरको उचाइमा रहेको यो ठाउँमा पुगेपछी मनास्लु हिमालको टुप्पी देखीन्छ । लग्छ हामी आएको देखेर मनास्लुले मुस्कान सहित स्वागत गरीरहेछ । मनास्लु दर्शन गर्न पाएकोमा हामी दङग थियौ नहुनु पनी कसरी निरन्तर छ दिनदेखीको यात्रा थियो मनास्लु हेर्नको लागी । हर्सले गद गद हुदै हामी उकालो लागीयो । गाउँहरुको र गाउँको परम्पराको बारेमा जानकारी गराउदै थिए शाथी पेमा ढुण्डुप लामा । यात्राको बृत्तचित्र पनी निर्माण गर्नुपर्ने भएकाले हामी ठाउँ ठाउँमा स्थानियहरु संग भलाकुसारी गर्दै थियौं । बाटोमा भेटीएका बिभिन्न गुम्वाहरु र गुम्वामा बस्नुभएका लामा गुरुहरुको दर्शन गर्दै बेलुकाको बास ल्हो  गाउँमा गछौं । ३१०० मिटरको उचाइमा रहेको यो गउँमा पनी एकदमै राम्रा होटरहरु छन । प्रायजसो स्थानिएकै होटरहरु रहेको यसठाउँमा पनी राम्रो स्वगत पाइन्छ । अँध्यारोमा पनी टलक्क टल्केको मनास्लुको शीर देख्दा नसुतीकन रातभरी त्यसैलाई हेरीरहु झै लाग्छ ।

भोलीपल्ट बिहान घाम झुल्कीनु भन्दा पहिला उठेर मनास्लुमा घामको किरण आगमनको भिडियो छायाङकन गरेर लागीयो उकालो । २÷३ घण्टाको यात्रामा स्याला भन्ने गाउँमा पुगीयो । मलाई नुभ्रीको सबैभन्दा सुन्दर गाउँ  यहि लाग्यो । किनभने चारै तिरबाट हिमालका चुचुराहरुले छेकेको छ लाग्छ त्यो गाउँको चौकीदारी हिमालका चुचुराहरुले गरेका छन । मनास्लु बाट सीधै आउने चिसो हावाले तातो तातो कफिको यााद दिलाउछ । होटल बाहिर नै बसेर खाना खादै सुन्दर दृष्यहरु नियाल्दै थियौं हामी । मनास्लुले चम्कीला आँखाले हामीले खाएको एकटकले हेर्दै जिस्क्याइरह्यो कत्ती धेरै खाएको भन्दै । क्यामेरा बन्दै नगरी लगातार फोटो खिचिरहु झै लाग्ने सुन्दरता देख्दा लाग्थ्यो वा स्वर्ग त यहि हुनुपर्छ । यहाँभन्दा २ घण्टा माथी सामायउँ छ यो गाउ बनास्लु चढ्न जानेहरुको मुख्य केन्द्र विन्दु हो । ३४५० मिटरको उचाइमा रहेको यस ठाउँमा पर्यकट हरुले खचाखच भरीने यो ठाउका होटेलहरुमा नेपाली नै पाहुना बनेर जाँदा छुट्टै सम्मान पाउँछन । सामा गाउँबाट मनास्लु वेसक्याम्प पुग्न बिरेन्द्रताल हुदै पाँच घण्टा लाग्छ भने नुभ्रीको अन्तीम गाउँ साम्दो पुग्न ३ घण्टा लाग्छ ।
मान्छे मरेपछी स्वर्ग पुगीन्छ भन्ने मान्यता छ तर हामि नमरी नै स्वर्ग पुगेका थियौं । यहाँभन्दा राम्रो ठाउ स्वर्ग पनी हुन्न भन्ने हामी मात्र होईन यहाँ पुग्ने जो सुकैले पनी अनुभव गर्न सक्छ ।

Published On: Time : 20:43:02  2596पटक हेरिएको

तपाईको प्रतिक्रिया