चीनले गर्‍यो नौ सैनिक पानी जहाज

एजेन्सी–चीनले आफ्नै मुलुकमा बनेको लडाकु विमान बाहक नौ सैनिक पानीजहाज सार्वजनिक गरेको छ । चीनको बन्दरगाह शहर डालियानमा सार्वजनिक गरिएको विमान वाहक पानीजहाज चिनियाँ नौ सेनाको दोश्रो तथा चीनमा विकास गरिएको पहिलो पानीजहाज भएको दाबी गरिएको छ ।

टाइप जेरो जेरो वान एलाई डालियान बन्दरगाहबाट समुद्रमा पुर्‍याएर औपचारिक रुपमा सार्वजनिक गरिएको सिन्ह्वाले जनाएको छ । नवनिर्मित पानीजहाजले सन् २०२० बाट मात्र नौसेनामा सेवा गर्ने जनाइएको छ ।

Published On: Time : 20:18:51  239पटक हेरिएको

तपाईको प्रतिक्रिया