बच्चा भएरपनि करिअरमा ब्रेक नलगाएका सेलिब्रटी

काठमाडौं– केही मान्यता छ कि बच्चा पाएपछि नायिकाहरू फिल्म क्षेत्र छोड्छन् । तर यो कुरा पछिल्लो समय आएर गलत सावित भएको छ । बलिउड अभिनेत्री करिना कपुरले सुत्केरी भएको एक महिनामै शरीरको तौल घटाएको समाचारले चर्चा पाएको थियो । यसले पुष्टि गर्छ, सेलिब्रिटी आमाहरू आफ्नो शरीर र करिअर दुवैबारे संवेदनशील हुन्छन् । विश्व सुन्दरी ऐश्वर्या रायले पनि छोरी पाएपछि फिल्म क्षेत्रमा पाएको अचिभमेन्ट सबैका लागि उदारहण नै बन्यो । यसमा उनले गरेको कामको भन्दा पनि उनलाई कमब्याकपछिको लुक्समा हेर्ने दर्शक चासो बढी थियो । सदावहार मानिने नेपाली अभिनेत्री करिश्मा मानन्धरले पनि साबित गरेकी छन् ।

आमा हुँदैमा करिअरमा ब्रेक लाग्दैन । यिनकै बाटो पच्छयाउँदै अन्य नेपाली आमा सेलिब्रिटीहरू पनि यति बेला करिअरमा कमब्याक भएका छन् । फिल्म ‘राधा’ पछि अहिले ‘गुनगुन’ फिल्ममा व्यस्त सञ्चिता लुइँटेल यतिबेला आफ्नो पुरानो करिअरलाई उचाइमा पुर्‍याउन संघर्ष गर्दै छिन् । ४५ केजी तौल भएकी सञ्चिता आमा भएपछि ८६ सम्म पुगेकी थिइन् ।

उनलाई फेरि उही तौलमा आउँछु भन्ने लाग्दैन थियो । तर, मिहिनेत र डेडिकेसन भए के सम्भव हुादैन र ? रेगुलर एक्ससाइज, खानपिनमा ध्यान दिएर उनी अहिले ५२ केजीमा झरेकी छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बा एक छोराकी आमा हुन् । बच्चा जन्माउने बेलासम्म उनी ८४ केजीकी थिइन् । यतिबेला उनले २८ केजी घटाएकी छन् । आफंैले निरन्तर बच्चाको स्याहार गर्ने, स्नतपान गराउनेजस्ता गतिविधिले सुत्केरी आमाको तौल अप्रत्यक्ष रूपमा घटदै जाने उनको अनुभव छ । माल्भिकाले परम्परागत सुत्केरी खानपिन भने अपनाइनन् । चाकु, घ्यू, चिल्लो र आवश्यकताभन्दा बढी खाना खानाले महिलाको शरीरमा अनावश्यक बोसो जम्ने उनले बताइन् । चार महिनामै उनले आफूलाई काममा फर्काएकी थिइन् ।

तपाईको प्रतिक्रिया