सूचना प्रविधिको विकास भएसँगै हुलाक सेवा संकटमा

काठमाडौं– केन्द्रदेखी गाबिस स्तरसम्म संरचना बिस्तार गरेर बि.स. १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा मोबाईल र ईमेल ईन्टरनेटको बिकास तथा प्रविधिको विकाससंगै संकटमा परेको छ । वार्षिक१० हजारसम्म चिठीपत्र आदानप्रदान गर्ने गरेको हुलाक सेवा अहिले ३५ सय जति मात्रै चिठी आदान प्रदान हुन थालेको छ ।

चिठी आदान प्रदानको शैलीमा परिवर्तन आएकाले अधिकांस हुलाक सुनसान बनेको हुलाकका कर्मचारी बताउंछन । प्रविधिको विकाससंगै यसका प्रयोगकर्ता हुलाक धाउन छाडेका छन् । छिटो र दु्रत गतिमा सेवा दिने टेलिफोन, इमेल सहित सामाजिक सञ्जालमा मानिसहरु अभ्यस्त हुन थालेका छन ।

छिटो सेवा लिन अन्य प्रविधि सहज बन्नु तर हुलाकले स्तरोन्नति गर्न नसकेकाले प्रयोगकर्ता घटेको यसका कर्मचारी बताउंछन । अर्कोतर्फ सरकारले निर्देश गरेका कार्यमात्रै गर्नुपर्ने भएकाले तथा कर्मचारीले यसलाई प्रविधिमैत्री बनाउन ध्यान नदिंदा यसको विकास हुन सकेको छैन । यसले पनि हुलाक प्रयोगकर्तामा रुचि घटेको छ । समयअनुसार हुलाकले आफ्नो सेवा बिस्तार र नयाँ कार्यक्रम ल्याउन सकेन हुलाकको काम भने आफ्नै कार्यालयको कर्मचारीलाई जागीर खुवाउने मात्रै नरहला भन्न सकिदैन ।

तपाईको प्रतिक्रिया