सोमबारदेखि ग्लेसियर कलेजमा कराते प्रतियोगिता

काठमाडौं–सिफल कराते डो प्रतिष्ठान र ग्लेसियर इन्टरनेशनल कलेजको संयुक्त आयोजनामा सोमबारदेखि खुल्ला कराते प्रतियोगिता हुने भएको छ ।

खुल्ला र विद्यालयका गरी दुई सय खेलाडी सहभागी हुने यस प्रतियोगिता ग्लेसियर इन्टरनेशनलकै प्राङ्गणमा हुने सिफस कराते डो प्रतिष्ठानकी सचिव शिला खड्गीले जानकारी दिनुभयो ।

१८ स्वर्ण, १८ रजत र ३६ कास्य पदका लागि खेलाडीहरू प्रतियोगीतामा भिड्ने छन् ।

काठमाडौंको सिफलमा रहेको सिफल कराते डो संघले समय समयमै कराते प्रतियोगिता गर्दै आएको छ ।

Published On: Time : 20:31:52  505पटक हेरिएको

तपाईको प्रतिक्रिया